नकआउटमा सबैभन्दा बढी पेनाल्टी शुटआउटमा पुग्ने अर्जेन्टिना

एजेन्सी : बिहीबारबाट शुरू हुने २१औं फिफा विश्वकपमा अर्जेन्टिना बलियो टीमको रूपमा देखिएको छ ।१९७८को विश्वकप यता खेलिएका सबै नकट आउट म्याचमा १९.७ प्रतिशत नतिजा पेनाल्टी शुटआउटबाट आउने गरेको देखिएको छ ।

अर्जेन्टिना सबै भन्दा बढी पेनाल्टी शुटआउटको अवस्थामा पुगेको छ । ६ पटक पेनाल्टी शुटआउटमा पुगेको अर्जेन्टिनाले ४ पटक जीत पाएको छ ।

पेनाल्टी शुटआउटमा सबैभन्दा खराब प्रदर्शन इंग्ल्यान्डको छ । ३ पटक पेनाल्टी शुटआउटमा पुगेको इंग्ल्यान्डले कहिल्यै जीत हात पार्न सकेन् ।

सन् २००६मा अर्जेन्टिना जर्मनीसँग हा-यो । त्यतिखेरको पेनाल्टी शुटआउटमा जर्मनी जितेको थियो । क्वार्टर फाइनल म्याचको निर्धारित समयसम्म दुबै  टोली बराबरीमा रोकिएका थिए ।त्यसपछि भएको पेनालटी शुटआउटमा जर्मनीले ४–३ले अर्जेन्टिनालाई पराजित ग-यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?