काठमाडाैं : बरिष्ठ कलाकार भीमबहादुर थापाको ९३ बर्षको उमेरमा गएराती निधन भएको छ ।
छाती र फोक्सोलगायतका समस्याबाट लामो समयदेखि पीडित थापाको अाफ्नै निवास मैतीदेवीमा निधन भएको हो ।
अाफ्नो जीवन र नेपाली कला क्षेत्रमा अनेक उतारचढाव भोगेका थापाको निधनप्रति कलाकार एवं सर्वसाधारण जनताले दु:ख व्यक्त गरेका छन् ।
दाेस्रो विश्वयुद्दमा बेलायतका तर्फबाट ३ बर्ष लडेका थापाले पछि नेपाली सेनामा भर्ना भर्इ मेजर पदबाट २०४१ सालमा अवकाश लिएका थिए ।
खोटाङको लामिडाँडामा जन्मिएका थापाले रेडियो नाटक, टेलिचलचित्र र ठूला पर्दाका चलचित्रमा अभिनय गरेका छन् ।
थापाको निधनको शोकमा अाज पशुपति परिसरमा श्रद्दाञ्जली सभा गर्ने र अन्तेष्टि गरिने कलाकारहरूले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया