मोदीका रेलमन्त्रीले पत्रकारलाई गरे एकदिनको मन्त्री बन्न प्रस्ताव

एजेन्सी : अनिलकपुर अभिनीत हिन्दी सिनेमा नायकका खलनायक अमरिश पुरीले अभिनेता अनिलकपुरलाई सिनेमामा एक दिनको मुख्यमन्त्री बन्न गरेको अफरजस्तै मोदीको क्याबिनेटमा रेलमन्त्री रहेका पीयुष गोयलले एक पत्रकारलाई एक दिनको लागि रेलमन्त्री बन्न आग्रह गरेका छन् ।

मोदी सरकारको ४ वर्ष पूरा भएको अवसरमा आयोजित एक पत्रकार सम्मेलनमा एक पत्रकारले रेल रेलवे सुधारको योजना सहितको एक काजग मन्त्रीलाई बुझाएका थिए ।

पत्रकारले दिएको त्यो कागज पढेपछि रेलमन्त्री गोयलले ती पत्रकारलाई एक दिनको रेलमन्त्री बन्न अफर गरे ।

मन्त्री गोयलले नायक फिल्मको प्रसंग उठाउँदै यस्तो अफर गरेका थिए ।

मन्त्रीले भने “ एक दिन तपाई मेरो ठाउँमा बस्नोस, आफै नियम कानुन बनाउनोस र आफै कर्यान्वयन गराउनुस।”

उपस्थितलाई यो मजाकजस्तो लागे पनि मन्त्री गोयलले रेल बोर्डका अध्यक्षलाई यसका लागि एक आयोजना गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?