अन्तिम अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्यान्ड विजयी

लिथुवानियाविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पोल्यान्ड विजयी भएको छ । 

फिफा विश्वकपको अन्तिम तयारीमा रहेको पोल्यान्डले लिथुवानियामाथि ४—० गोलको सानदार जित दर्ता गराएको हो । पोल्यान्डलाई जिदाउन स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । खेलको १९ औं मिनेटमा लेवान्डोस्कीले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३२ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गदै टिमको अग्रतालाई दोब्बर बनायो । खेलको पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पोल्याण्डले दोस्रो हाफमा डेभिड कोनाकीको गोल मार्फत अग्रता ३—० मा पुर्यायो । खेलको अन्तिमतिर जाकुब ब्लाजिओस्कीले पेनाल्टीमार्फत गोल गर्दै पोल्याण्डलाई ४—० को सानदार जित दिलाए ।

विश्वकपको समूह ‘एच’ मा रहेको पोल्यान्डले समूह चरणमा कोलम्बिया, सेनेगल र जापानसँग प्रतिस्पर्धा गर्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?