पुरूष भन्दा महिलाका बढी बैंक खाता हुने देश

एजेन्सी : विश्वभर जम्मा ६ देशहरूमा मात्र महिलाहरूले खोलेका बैंक खाताहरूको संख्या पुरूषहरूको भन्दा धेरै रहेका छन् ।

ती देशहरूमा अर्जेन्टिना, जर्जिया, इन्डोनेसिया, लाओस, मंगोलिया र फिलिपिन्स छन्।

विश्व बैंकको नयाँ ग्लोबल फिन्डेक्सले १४० देशका वयस्कहरूको बैंक पहुँचबारे अध्ययन गरेको छ ।

त्यस अनुसार बैंक खाता खोल्ने, भुक्तानी गर्ने, बचत गर्ने , सापटी दिने र जोखिम व्यवस्थापन गर्ने जस्ता विषयको अध्ययन समावेश छ । 

इन्डोनेसियाको सन्दर्भमा त्यहाँका महिलाहरू समुद्रपारीको देशमा काम गर्न बढी जाने भएकाले उनीहरूले घर पैसा पठाउन बैंक खाता खोलनुपर्ने हुन्छ ।

लाओस बाहेक रेमिटायन्सको रकम पाउने पुरूष भन्दा महिला बढी रहेका छन् । पैसा पाउनेले पनि बैंक खाता खोल्नुपर्ने हुन्छ ।

मंगोलियामा ३४ प्रतिशत महिलोले यस्तो भुक्तानी प्राप्त गर्छन् । जबकि पुरूषहरूको संख्या २४ प्रतिशत मात्र छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?