महालक्ष्मी विकास बैंकद्वारा खाद्य सामग्री प्रदान

लोकपथ
49
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत बानेश्वरको संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई सहयोग स्वरुप खाद्य सामाग्री प्रदान गरेको छ ।

समाजकेन्द्रको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले खाद्य सामग्रीहरु समाजकेन्द्रका प्रमुख कृष्णबहादुर गुरुङलाई हस्तान्तरण गर्नु भएको हो ।

समाजकेन्द्रले हाल ४० जना अनाथ बालबालिकाहरुको संरक्षण गर्दै आएको छ । यस प्रकारको सहयोगले उत्त समाजकेन्द्रमा रहेका बालबालिकाहरुको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने विश्वास बानेश्वर शाखाका प्रबन्धक विकास रावलले व्यक्त गरे ।

कार्यक्रममा बोल्दै केन्द्रका प्रमुख कृष्ण बहादुर गुरुङले बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गर्नुका साथसाथै यस किसिमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?