जुलेन लोपेटेगी रियल म्याड्रिडको प्रशिक्षकमा नियुक्त

स्पेनिस क्लब रियल म्याड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई आगामी तीन वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

युईएफए च्याम्पियन्स लिगको लगातार तीन सिजनको उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदानले गत मे मा राजीनामा दिएपछि रिक्त सो पदमा लोपेटेगी नियुक्त भएका हुन् ।

लोपेटेगीले यसअघि पोर्चुगलको पोर्टोमा प्रशिक्षण गरेका थिए भने सन् २०१६ यता स्पेनिस राष्ट्रिय टिमको जिम्मेबारी संहालेका थिए । ५१ वर्षीय लोपेटेगीले विश्वकपपछि रियलको प्रशिक्षकको जिम्मेबारी संहाल्नेछन् । उनले सन् २००३ मा स्पेनको यू—१७ टिमका सहायक प्रशिक्षकको रुपमा प्रशिक्षक करिअर सुरु गरेका थिए ।

लोपेटेगीले पोर्टो जानुअघि स्पेनको यू—१९, यू—२० र यू—२१ टिमको प्रशिक्षण संहालेका थिए ।

गत सिजनमा रियल म्याड्रिड ला लिगामा तेस्रो स्थानमा रहेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?