विश्वभरको प्रत्यक्ष वैदेशिक लगानीमध्ये नेपालमा ०.०१ प्रतिशत मात्र अायो

काठमाडौं : विश्वभरमा हुने प्रत्यक्ष वैदेशिक लगानी (फरेन डार्इरेक्ट र्इन्भेस्टमेन्ट-एफडीअार्इ) मध्ये नेपालमा जम्माजम्मी ०.०१ प्रतिशत मात्र अाउने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्र बैंकका अनुसार नेपालमा लगानी गर्दा मुनाफा र प्रतिफल अाएको भन्दै गत अार्थिक बर्ष २०७३/७५ मा मात्रै १७ अर्ब २४ करोड ६ लाख रूपैयाँ बाहिरिएको छ । जुन अघिल्लो बर्ष २०७२/७३ को तुलनामा १९०.२१ प्रतिशतले बढि हो । 

नेपाल राष्ट्र बैंकले 'नेपालमा प्रत्यक्ष वैदेशिक लगानी' बारे गरेको अध्ययनअनुसार विदेशी कम्पनीहरूले २०७३/७४ मा नेपालमा १ खर्ब ५१ अर्ब २० करोड रूपैयाँ प्रत्यक्ष लगानी निवेश गरेका छन् । अार्थिक बर्ष २०६९/७० को तुलनामा पछिल्ला ४ बर्षमा १९०.२१ प्रतिशतले बृद्दि भएको छ । 

अाधारभूत पूर्वाधार र सामाजिक क्षेत्रका लागि अावश्यक सार्वजनिक वित्त व्यवस्थापनमा ठूलो चुनाैती खेपिरहेको नेपालमा अार्इरहेको प्रत्यक्ष वैदेशिक लगानी भने प्रतिष्पर्धात्मक र सेवा क्षेत्रमा मात्र केन्द्रित देखिएको छ । सेवामूलक भनिएका क्षेत्रमा नेपाल भित्रिएको कूल एफडीअार्इको ७०.२१ प्रतिशतसम्म लगानी भएको छ ।

पछिल्लो दशकमा भएको सञ्चार क्षेत्रको विकाससँगै नेपाल भित्रिएको एनसेललगायतका कम्पनीहरूको कूल लगानीले नेपालमा अाएको बैदेशिक लगानीको अाकारलार्इ बढार्इदिएको छ । तर, सञ्चार क्षेत्रबाटै सवैभन्दा धेरै लाभांश बाहिरिर्इरहेको छ । केहि अघि एनसेलको पूँजीगत लाभकरको विवादमा उच्चपदस्थ सरकारी कर्मचारीहरू भ्रष्ट्राचार मुद्दामा समेत तानिएका थिए । 

रोजगारी सृजना गर्न अावश्यक भनिएको अाैद्योगिक क्षेत्रमा चाहिँ निकै कम एफडीअार्इ भित्रिएको छ । यो क्षेत्रमा कूल एफडीअार्इको २९.५० प्रतिशत मात्रै लगानी भएको राष्ट्र बैंकले जनाएको छ । कृषि क्षेत्रलार्इ उत्पादनमुखी र अाैद्योगिकीकरण गर्न भन्दै नीति र बजेट तयार गरेपनि यो क्षेत्रमा ०.२९ प्रतिशत मात्रै लगानी भएको देखिएको छ । 

नेपालमा कुन देशबाट कति एफडीअार्इ ?
क्यारेवियन क्षेत्र (वेस्ट र्इन्डिज)
 ः ६२ अर्ब (सवै लगानी सेवा क्षेत्रमा)
भारत ः २७ अर्ब 
चीन ः १० अर्ब

कति रोजगारी ? 
नेपाली
: ६,८९६
विदेशी : १, ०६२ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?