की बोर्ड र माउसको गतिविधिसम्मको निगरानी गर्छ फेसबुक

एजेन्सी : सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले फेसबुकले उपयोगकर्ताको व्यक्तिगत जानकारी लिन उपयोगकर्ताले चलाउने कीबोर्ड र माउसको गतिविधिमा निगरानी गरेको स्वीकार गरेका छन् ।

क्याम्ब्रिज एनालिटिका डेटा चुहिएको विवादले खडा गरेका सवालहरूको जवाफ अमेरिकी संसदको उच्च सदन सिनेटसमक्ष जुकरबर्गले यो स्वीकार गरेका हुन् ।

यो भनेको फेसबुकले कम्प्युटर चलाइरहँदा कुन कीबोर्ड थिचेको के लेखेको कसलाई लेखेको सबै जानकारी उपयोगकर्तालाई जानकारी नदिइ लिइरहेको थियो ।

यसबारे सिनेटले सोधेको २ हजार प्रश्नको जवाफ फेसबुकले ४५४ पानामा दिएको छ ।

क्याम्ब्रिज एनालिटिका डेटा लीक भएपछि फेसबुकको गोपनीयतासम्बन्धी नीति शंकाका घेरामा परेको छ ।

यति मात्रै होइन उपभोक्ताले चलाउने स्मार्टफोन जस्ता डिभाइसको ब्याट्रीको बारेमा पनि फेसबुकले निगरानी गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?