रूची बनिन् ‘ह्वार्इट हाउस एसएलसी प्रिन्सेस-२०१८’

काठमाडौं : धनकुटास्थित तुलसी मेहर स्कूलकी १६ बर्षीय छात्रा रूची धितालले ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८' को उपाधि जितेकी छिन् । एसर्इर्इ दिएर बसेकी धितालले २४ प्रतिष्पर्धीलार्इ पछि पार्दै 'प्रिन्सेस' ताज पहिरिएकी हुन् । धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ कोे ताज र उपाधि सहित ४७ हजार मुल्य वरावरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फवाट उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृक्ति साथै विभिन्न उपहारहरु हात पारिन् ।

काठमाडाैंस्थित रोजबर्ड स्कूलकी कृष्टिना वन्तले फस्ट रनरअपको ताज जितेकी छिन् भने विधागततर्फको 'वेस्ट स्कीन अवार्ड' पनि हात पारेकी छिन् । यसैगरि, पुष्पसदन स्कूलकी एसर्इर्इ छात्रा पाल्मा लामाले सेकेन्ड रनरअप र विधागततर्फको 'मिस फिटनेश' उपाधि जितिन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा स्माट मोवाइल फोन र नामि कलेज र क्याम्पीयन कलेजमा रु १ लाख वरावरको छात्रावृति साथै विजेता ३ जना विजेताले ५ दिने बैङ्कक भ्रमणको अवसर हातपार्न सफल भएका छन् ।

थर्ड रनरअप रिया खड्गीले 'लिडरसीप' र 'वेस्ट पर्सनालिटी' अवार्ड जितेकी छिन् । नाम्दु शेर्पा फोर्थ रनरअप भएकी छिन् । प्रेरणा भट्टरार्इले 'मिस ट्यालेन्ट' र 'वेस्ट वाक' को उपाधि हात पारिन् । 

विन्जु थापाले 'मिस क्रियटीभ' अवार्ड, निशा श्रेष्ठले 'भ्युअर्स च्वार्इ र 'मिस फ्रेन्डसीप' अवार्ड, सन्तृप्ती रेग्मीले 'मिस फोटोजेनिक' अवार्ड, अायुसा श्रेष्ठले 'मिस एकाडेमी' अवार्ड, सफलता बुढाथोकीले 'मिस हेल्दी स्मार्इल' अवार्ड, अस्मिता परियारले 'मिस डिसिप्लन' अवार्ड, साैजना तामाङले 'बेस्ट हेयर', सलिना भुषालले 'फेसबुक लार्इक', निरजल पाैड्यालले 'मिस पङ्चुवालिटी' एवं झापाकी अाकांक्षा पाठकले 'मल्टीमिडिया अवार्ड' र 'अर्गानार्इजर च्वार्इस' अवार्ड हात पारिन् ।

सम्पूर्ण प्रतियोगीहरुलाई हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा ५० प्रतिशत छात्रावृत्ति प्रदान गरिने अायोजक सिजन मिडियाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?