मेसी रोनाल्डोको अनुहार अनुसार कपाल काटने हजाम

एजेन्सी : सर्बियाका नाउ मारियो हभाग्लाले मानिसहरूको टाउको पछाडि कपाल काटेर फुटबलका स्टार खेलाडीहरूको अनुहार बनाएर कलाको प्रदर्शन गरेका छन् ।

उनले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको अनुहार खोपि कलाको प्रदर्शन गरेका हुन् ।

आफ्नो नोभी स्याड स्यालुनमा मानिसहरूको टाउको पछाडि हेयर टाटु खोप्न थालेका छन् ।

उनले एक ग्राहकको सल्लाह अनुसार केही फरक काम गर्न थालेको बताए ।सर्बियाको दोस्रो ठूलो सहर नोभी स्याड हो ।

मानिसको टाउको पछाडि यस्तो अनुहार खोप्ने काम गर्न ५ देखि ७ घन्टाको समय लाग्छ ।

“मैले रोनाल्डोको अनुहार खोपे पछि सकारात्मक टिप्पणी प्राप्त गरे ” ३५वर्षीय नाउले भने ।

उनका अनुसार उनका ग्राहक खोजी खोजी आउने गरेका छन् ।

सर्बियामा स्यालुनमा सामान्य कपाल काटेको मूल्य १ हजार दिनार , ८ युरो वा ९.५ अमेरिकी डलर रहेको छ । तर पूरा अनुहार खोपाउनेको मूल्य १५० युरो पर्छ ।

रोनाल्डोका नजिक मानिएका ३५ वर्षीया स्रेटेन प्यान्टिक र मेसीका नजिक मानिएका २७ वर्षीय अले्कसा मारिसेभिकको टाउकोमा रोनाल्डो र मेसीको अनुहार खोेप्दा उनीहरूसँग पैसा लिएका थिएनन् ।

उनीहरूले उनको कामको प्रवद्र्धन गरेकाले निशुल्क सेवा गरिदिएका थिए ।

मारिसेभिक भन्छन् “ मैले यो दोस्रो पटक कपाल कटाएको छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?