एजेन्सी : उत्तर कोरियाली नेता किम जोंग उन सिंगापुरको पाँच तारे होटल क्यापेलमा रात बिताए ।
तर दिसा भने गरेनन् । उनका लागि दिसा पिसाव गर्ने घुम्ती शौचालय सिंगापुर लगिएको थियो ।
सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम दुबै तनावमै थिए । दुवै एक अर्कामाथि विश्वास गर्ने अवस्था अनुकूल थिएन ।
किम दिसा पिसाब आफ्नै शौचालयमा गर्छन् । दिसाबाट जासुसी गर्न सकिने डरले उनले क्यापेलाको होटलको शौचालय प्रयोग गरेनन् ।
सत्तामा आएदेखि किम देशबाहिर तीन पटक गएका छन् ।
जहाँ जान्छन् किम शौचालय लिएर जान्छन् ।
दिसाबाट शत्रु देशका जासुसले उनको स्वास्थ्य स्थितिको जानकारी लिएर तदनुरूपको हत्या योजना बनाउन सक्ने भएकाले उनले आफ्नो शौचालय मात्र प्रयोग गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया