विश्वको नजर लुज्निकी रंगशालामा

काठमाडौं । २१ औ संस्करणको फिफा विश्वकप फुटबलको विशेष महत्व बोकेको लुज्निकी रंगशाला राजधानी मस्कोमा छ ।

यहि रंगशालामा आज विश्वकपको औपचारिक उद्घाटन हुँदैछ । यो युरोपकै सबैभन्दा ठूलोमध्येको एक रंगशाला हो । यहा दर्शकहरूले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्नेछन् ।

सन् १९८० को ओलम्पिक, १९९९ को यूएफा कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन्स लिगको फाइनल र २०१३ मा सम्पन्न वल्ड  एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा भएको थियो ।

पुनर्निर्माण गरिएपछि डाटा बेस वेभसाइटले यस रंगशालालाई ‘स्टेडियम अफ दि इयर २०१७’ अवार्ड प्रदान गरेको थियो ।

४ सय मिलियन अमेरिकी डलर निर्माण खर्च रहेको यस रंगशालामा ८० हजार दर्शक क्षमता रहेको छ । यस रंगशालामा विश्वकपको ७ खेल हुनेछ । यसै रंगशालामा आज राती आयोजक रसिया र साउदी अरेबियाविचको उद्घाटन खेल हुदैछ ।

जुन १७ मा जर्मनी र मेक्सिकोले, जुन २० मा पोर्चुगल र मोरक्कोले तथा २६ जुनमा डेनमार्क र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड अफ १६ को १ जुलाईमा हुने खेल, ११ जुलाईमा हुने सेमिफाइनल र १५ जुलाईमा हुने फाइनल खेल यसै रंगशालामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?