फिफा विश्व कप खेलको प्रत्यक्ष प्रसारण

काठमाडौं– साझेदार  मिडिया हबले ४ वटा नेपाली च्यानलबाट  फिफा विश्व कप खेलको प्रत्यक्ष प्रसारण हुने जनाएको छ ।  मिडिया हबले यो सुबिधा ‘राम्रो नै हेरौँ, हाम्रो मै हेरौँ’ भन्ने नाराको साथ प्रदान गरेको जनाएको छ । 

फुटबलको उन्माद संसार भरी बढिरहेको समयमा फिफा विश्व कप २०१८ को नेपालमा आधिकारीक इजाजत प्राप्त मिडिया हबले नेपाली फुटबल फ्यानहरुका लागि नेपाल टेलिभिजन, कान्तिपुर एच.डि., डिश होम, एक्सन् स्पोर्टस् र एन.टि.भि. प्लसबाट विश्व कप प्रसारण गर्नेछ । 

यो प्रशारणमा अर्घाखाँची सिमेन्ट, बजाज पल्सर एन.एस. २००, कोका कोला र राईनो ५०० डिक, क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र जुपिटर क्लासिकको साथ तथा साझेदारी रहेको छ । यस्तै  हिमस्टार, एल.ई.डी बल्ब, एन.आई.सि. एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस् समेतको प्रसारणमा समर्थन रहेको मिडिया हबका कार्यकारी निर्देशक श्रीमान सोम धितालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?