विश्वकपः आयोजक रसियाले साउदी अरेबियासँग भिड्दै

काठमाडौं। २१ औ संस्मरणको फिफा विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा रसिया र साउदी अरेबियासँग भिड्दैछ । 

मस्कोस्थित लुज्निकी रंगशालामा आजराती नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा  आयोजक रसिया र साउदी अरेबियाबीच हुने खेलसँगै विश्वकपको विधिवत सुरुवात हुनेछ । विश्वकपको हालसम्मको इतिहासलाई हेर्दा कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेका छैनन् ।

तत्कालीन सोभियत संघले (रुस)ले १९७० मा मेक्सिकोमा भएको विश्वकप उद्घाटन खेल खेलेको थियो । यो खेल बराबरी भएको थियो ।  रसियाले सन् १९६६ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । त्यसपछि खराब प्रर्दशन गर्दै आईरहेको रसिया सन् २००६ र २०१० मा भने विश्वकपमा छनौट हुन् सकेन् ।

यता सन् २०१४ मा रसिया समुह चरणबाटै बाहिरिएको थियो । २००२ को विश्वकपमा पनि रसियाले खराब प्रर्दशन गदै  समुह चरणको सबै खेलमा पराजय भोगेको थियो । रसियाले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन् । गत अक्टोबरमा दक्षिण कोरियालाई हराएपछि खेलिएका ७ मैत्रीपूर्ण खेलमा रसियाले जित निकाल्न नसकेको हो ।

त्यस्तै साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको छ । साउदी अरेबियाले सन् २०१० र २०१४ मा विश्वकपमा स्थान बनाएको थियो । साउदी अरेबियाको राम्रो प्रदर्शन १९९४ मा थियो । त्यतिबेला साउदी अरब प्रि—क्वाटरफाइनलसम्म पुगेको थियो ।

तर सन् १९९८ देखि साउदी अरेबियाले विश्वकपमा एउटा पनि म्याच जित्न सकेको छैन । साउदी अरेबिया पनि पछिल्ला ३ खेलमा लगातार पराजित भएको छ । साउदीलाई पछिल्ला ३ मैत्रीपूर्ण खेलमा इटाली, पेरु र विश्वकपको साविक विजेता जर्मनीले पराजित गरेका थिए ।

त्यसैले दुवै टिमका लागि बिहीबार पछिल्ला खेलमा बेहोरेको खराब नतिजा बिर्सने एउटा सुन्दर अवसर हुनेछ । रसियाले २००२ को विश्वकपपछि खेलेका विश्वकपका सवै खेल गुमाएको छ । साउदीले सन् १९९४ मा अमेरिकालाई हराए यता विश्वकपमा जित हात पार्न सकेको छैन ।

आफ्नो घरेलु मैदान र समर्थक पाएको रसियाले विश्वकपमा कस्तो प्रर्दशन गर्नेछ त्यो भने आजरातिको खेलपछि मात्र थाहा हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?