हेर्न लायक दुई खेलाडीः फेडोर र अल साहलावी

काठमाडौं। फिफा विश्वकप फुटबल २०१८ राजधानी मस्कोको लुज्निकी रंगशालामा एक भब्य कार्यक्रमकाविच आजराति उद्घाटन हुदैछ ।

नेपाली समय ८.४५ बजे आयोजक राष्ट्र रसियाले साउदी अरेबियासँग भिड्दै छन् । पछिल्लो समय खराव लयबाट गुज्रिरहेका विश्वकपकै तल्लो वरियाताका यी टोलीहरु पहिलो खेलमा जितका गुमेको लय फर्काउन चाहन्छन् । आजको खेलमा हेर्न लायक दुई खेलाडी यी रहेका छन् ।

 फेडोर स्मोलोभ (रसिया)

रुसका अग्रपंक्तिको कमान सम्हालेका २८ वर्षे खेलाडी हुन् फेडोर स्मोलोभ ।

कुनै बेला गोलको कमिका लागि आलोचित दुई स्मोलोभ दुई वर्षयता निकै लयमा छन् । रुसको घरेलु लिगमा एफसी क्रासनोडारबाट खेल्दै आएका स्मोलोभले अघिल्लो दुई सिजनमा ३२ गोल गर्न सफल भएका छन् । स्मोलोभले आफ्नो ३० राष्ट्रिय खेलमा १२ गोल पनि गरेका छन् ।

गत नोभेम्बरमा भएको स्पेनविरुद्धको खेलमा उनले २ गोल गरेका थिए । उनलाई मिडफिल्डबाट एन्टोन मिराङचुक र अलेक्सान्दर गोलोभिनले सपोर्ट गर्नेछन् । 

मोहम्मद अल साहलावी (साउदी अरेबिया)

साउदी अरेबियाको टिममा कुनै पनि विश्वकप अनुभवी खेलाडी छैनन् ।  

मोहम्मद  अल साहलावी लाई नै विश्वकपको सुरुवाती खेलका लागि दवाव थेग्न सक्षम हुने अपेक्षा गरिएको छ । आफ्नो ३७ अन्तराष्ट्रिय खेलमा २८ गोल गरेका उनले म्यानचेस्टर युनाइटेडसँग प्रशिक्षण पनि गरेका थिए ।

साउदी अरेबियाको छनौटमा उनले २ गोल र ३ असिस्ट गरेका थिए भने मैत्रीपूर्ण खेलहरुमा ३ गोल पनि गरेका छन् ।

आज पनि अल साहलावीको भुमिका निकै महत्वपूर्ण हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?