काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको २०७८ माघ ३ गते विहान बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
जसमा चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ नगद लाभांश रहेका छन् ।
बीमा समितिको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया