के हुन् कोरोना महामारीका बीच प्रयोगमा आएका ‘पेन्डेमिक’, ‘इपिडेमिक’ र ‘इन्डेमिक’ ?

काठमाडौं । कोरोना महामारीको अन्त्य हुन्छ भन्ने आशा कायमै छ । यो आशा निराशामा बदलिन पनि सक्छ ।

किनभने विश्वभर यस्ता धेरै महामारीहरु छन् जुन अहिलेसम्म पनि पूणरुपमा निर्मूल भएका छैनन् । विश्वका धेरै ठाउँमा कोरोना महामारीले तीव्र रुप लिएको छ त कतै सामान्य असरहरु देखिएका छन् ।

२०१९ डिसेम्बर अन्तिमसाताबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको विभिन्न लहरका साथै फरक–फरक भेरियन्टहरु पनि विकास भए । सबैको मनमा अहिले यही प्रश्न छ, यो महामरी कहिले सकिन्छ ?

अहिले जे भइरहेको छ त्यो अनौठो भने होइन । हरेक १०० वर्षमा एक महामारी फैलने गरेको विश्व इतिहास छ । त्यहीमध्ये एक हो कोरोना संक्रमण । २०१९ बाट सुरु भएको कोरोना २०२१ लाई बिदा गरिसक्दासम्म पनि संसारबाट बिदा हुन सकेको छैन ।

यस्ता विश्वव्यापी महामारी दुई तरिकाबाट समाप्त हुन्छ, या त कोरोना फैलने सबै चेनहरू ब्रेक गर्न सक्नुपर्छ । केसहरू शून्यमा पुर्‍याउन सक्नुपर्छ ।

अर्को, जसरी वर्षैँ पहिले फैलिएका इबोला भाइरस, फ्ल्यू, एसआइभी एड्स, क्षयरोगजस्ता रोगहरु आजसम्म पनि विश्वमा छन् त्यस्तै कोरोना पनि मानिसहरुलाई सामान्य लाग्नुपर्‍याे ।

केही समयअघि मात्रै विश्व स्वास्थ्य संगठनले कोरोना तत्काल विश्वबाट नजाने भएकाले कोरोनासँग लड्दै आफ्नो जीवन चलाउन आग्रह गरेको थियो । हो यदि साँच्चै विश्वबाट कोरोना संक्रमण निर्मूल नभए हामीले पनि कोरोनासँगै बाँच्न सिक्नुपर्छ ।

धेरै विज्ञहरुले पनि कोरोनालाई खतराको रूपमा हेर्ने नजरमा परिवर्तन गर्न आग्रह गरेका छन्, जसले समाजलाई कोरोना दैनिक जीवनको हिस्साको रूपमा हेर्नको लागि सहज बनाउँछ ।

पछिल्ला केही समयमा कोराना संक्रमण निर्मूल हुँदै गएको भए पनि कोरोनाको नयाँ भेरियनट ओमिक्रोन संक्रमणका कारण फेरि विश्वभर कोरोना संक्रमण तीव्ररुपमा फैलन थालेको छ ।

के ओमिक्रोनले भविष्यमा महामारीलाई अझ टाढा धकेल्छ ? वा यसको संक्रमणलाई हामीले रोक्न सक्छौँ ?

‘अहिले नै भन्न गाह्रो छ’, क्यानाडाको सास्काचेवान विश्वविद्यालयकी भाइरोलोजिस्ट एन्जेला रासमुसेनले भनिन् ।

‘त्यो आंशिक रूपमा हो किनभने ओमीक्रोनका कारण अस्पताल भर्ना र मृत्युको दर के कति छ ? के कति मानिसहरू गम्भीर रूपमा बिरामी भइरहेका छन्, कम गर्न उपचार उपलब्ध छन्र, यस्ता कुराहरुले महामारीले कुन रुप लिन्छ भन्ने बयान गर्छ । ओमिक्रोन अहिले बढ्दै गएको र परिणामस्वरूप धेरै सरकारहरूले कडा सावधानीहरू पुनः लागू गर्दै छन् । जसका कारण यो स्पष्ट छ कि हामी अझै संकट मोडमा छौँ । तर कम हुन्छ या धेरै फैलन्छ भन्ने स्वास्थ्य सेवा प्रणालीमा निर्भर गर्दछ’, रासमुसेनले भनिन् ।

त्यस्तै कोरोनाको धेरै लहर र विभिन्न भेरियन्टका कारण पेन्डेमिक, इपिडेमिक र इन्डेमिक यी तीन शब्दहरुले निकै चर्चा पाए । तर चर्चासँगै यी शब्दहरुको गलत परिभाषा र यिनीहरुबीचको फरकका बारेमा पनि धेरै उल्झनहरु भए ।

के हो त कोरोना महामारीका बीच प्रयोगमा आएका ‘पेन्डेमिक’, ‘इपिडेमिक’ र ‘इनडेमिक’ शब्दको अर्थ ?

इपिडेमिक :

इपिडेमिक एउटा रोग हो, जसले कुनै समुदाय, जनसंख्या वा क्षेत्रभित्रका धेरै मानिसहरूलाई असर गर्दछ । इपिडेमिक कुनै क्षेत्रमा फैलिए पनि धेरै भयावह स्थिति भने सिर्जना हुँदैन ।

पेन्डेमिक :

पेन्डेमिक एक महामारी हो, जुन धेरै देश वा महादेशहरूमा फैलन्छ । पेन्डेमिक भनेको नयाँ रोग विश्वव्यापी रुपमा फैलनु हो । नयाँ इन्फ्लुएन्जा भाइरस वा कोरोनाभाइरसजस्तै भाइरल श्वासप्रश्वास रोगहरू महामारीमा परिणत हुने सम्भावना बढी हुन्छ।

इन्डेमिक : 

इन्डेमिक एक विशेष व्यक्ति वा देशसँग सम्बन्धित चिज हो । इन्डेमिक प्रायः एक रोगको वर्णन गर्न प्रयोग गरिन्छ, जुन विशेष स्थान, क्षेत्र वा जनसंख्यामा सीमित हुन्छ। उदाहरणका लागि, मलेरियालाई ट्रोपिकल क्षेत्रहरूमा इन्डेमिक भनिन्छ ।

 

इपिडेमिक र पेन्डेमिकमा के फरक ?

इपिडेमिक र पेन्डेमिकबीचको फरक छुट्याउन पेन्डेमिकको ‘पी’लाई सम्झनुहोस् । ‘पी’काे मतलब पासपोर्ट । जसरी हामीलाई एक देशबाट अर्को देशमा जान पासपोर्ट चाहिन्छ त्यस्तै पेन्डेमिक पनि एक देशबाट अर्को देशमा सर्छ ।

इपिडेमिक र इन्डेमिकमा के फरक ?

इपिडेमिक सक्रिय रूपमा फैलिरहेको हुन्छ । रोगका नयाँ केसहरू अपेक्षा गरिएको भन्दा धेरै हुन्छन् । इपिडेमिक कुनै पनि समस्याको वर्णन गर्न प्रयोग गरिन्छ, जुन नियन्त्रणबाहिर हुन्छ ।

जस्तै ‘ओपियोइड महामारी’ । इपिडेमिक प्रायः कुनै क्षेत्रमा हुन्छ, तर त्यस क्षेत्रमा सङ्क्रमितहरूको सङ्ख्या सामान्यभन्दा धेरै बढी हुन्छ।

उदाहरणका लागि, जब कोभिड-१९ चीनको वुहानमा मात्र सीमित थियो, यो एक इपिडेमिक थियो। भौगोलिक फैलावटले यसलाई पेन्डेमिकमा परिणत गर्‍यो।

त्यस्तै, इन्डेमिकहरू एक निश्चित स्थानमा हुन्छ । मलेरिया अफ्रिकाका केही भागहरूमा छ। आइस अन्टार्कटिकामा एन्डेमिक हो ।

‘इन्डेमिक’ र ‘आउटब्रेक’मा के फरक छ ?

त्यस्तै अर्को ‘आउटब्रेक’ शब्दको पनि कोरोना महामारीका बीच प्रयोग हुनेगरेको छ । इन्डेमिकले प्रकोप निम्त्याउन सक्छ, तर आउटब्रेक यस्तो कुरा हो जुन जहाँ पनि हुन सक्छ।

उदाहरणको लागि गत समरमा हुवावेमा डेंगु ज्वरोको प्रकोप, अफ्रिकाको डेंगु ज्वरो आउटब्रेकको उदाहरण हुन् । यी क्षेत्रका लामखुट्टेले डेंगु ज्वरो बोकेर एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?