किसान लघुवित्तले गर्‍यो लाभांश घोषणा

लोकपथ
70
Shares

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । हाल यस कम्पनीको चुक्तापुँजी ३९ करोड २८ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?