उद्घाटन खेलमा रसियाको सानदार जित, साउदीले ५ गोल खायो

काठमाडौं। फिफा विश्वकप २०१८ फुटबल प्रतियोगितामा रसियाले सानदार विजयी सुरुवात गरेको छ । 

राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा बिहीबारराती भएको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले साउदी अरेबियालाई ५—० गोलको भारी अन्तरले पराजित गरेको हो । खेल सुरु भएको १२ मिनेट पनि बित्न नपाउदै रसियाका लागी युरी गान्जिनस्काईले पहिलो गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । 

गान्जिनस्काईले गोल गरेपछि दबाबमा आएको साउदीले गोल फर्काउन भने सकेन् । एकपक्षिय जस्तै देखिएको खेलको ४३ औ मिनेटमा रसियाले अर्को गोल थप्यो । रसियाका लागी डेनिस चेरिसेभले गोल गरे ।

रसियाले पहिलो हाफसम्म २—० गोल अन्तरको अग्रता लिएको थियो । दोस्रो हाफ सुरु भएलगतै रसियाली खेलाडीले उत्कृष्ठ प्रर्दशन गदै साउदी अरेबियालाई थप दबाबमा राखेको थियो । खेलको ७१ औ मिनेटमा रसियाका आर्टेम डेज्युवाले गोल गरे ।

उनले अलेकसन्डर गोलोभिनले दिएको राइट विङग क्रसलाई सदुपयोग गदै हेडमार्फत गोलपोष्टको जाली चुमाएका थिए ।

 

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा चेरिसेभले व्यक्तिगत दोस्रो तथा टिमका लागी चौथो गोल गरे । अन्तिम समयमा गोलोभिनले गोल गरेपछि साउदी अरेबिया स्तब्ध बनेको थियो । खेलमा रसियाले प्रहार गरेको १४ सट मध्ये ७ सटमात्र टार्गेटमा परेको थियो ।

यो जितसँगै समूह ए मा रहेको रसियाले ३ अंक जोडेको छ । अब रसियाले आफ्नो समूह चरणको दोस्रो खेलमा असार ५ गते इजिप्टविरुद्ध खेल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रबार समूह ए मा नै रहेको इजिप्टले उरुग्वेसँगप्रतिस्पर्धा गर्दैछ । यि दुई टिमविचको खेल ५ः४५ बजे हुनेछ ।

त्यस्तै, समूह वि मा रहेको मोरोक्कोले इरानसँग तथा पोर्चुगलले पूर्व विश्व च्याम्पियन स्पेनसँग भिड्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?