काठमाडौं– फिफा विश्वकप–२०१८ अन्तर्गत उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबलाई ५–० गोल अन्तरले हरायो ।
बिहिबार अबेर सम्पन्न खेलको अधिकांश समय रसिया साउदी अरबयाविरुद्ध हाबी हुन पुगेको थियो ।
रसियाका लागि १२ औं मिनेटमा युरी गान्जिनस्काईले सुरुवाती गोल गरे भने ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे । यस्तै ७१ औं मिनेटमा अर्तेम जुबाले टीमको लागि तेस्रो गोल हाने ।
यसैगरी खेलको इन्जुरी समयमा फेरि रसियाले थप दुई गोल गर्दै ५–० को जित निकाल्यो । इन्जुरी समयमा डेनिसले व्यक्तिगत दोस्रो गोल गरे भने अलेकसन्डर गोलोभिनले पनि एक गोल थपे । योसँगै प्रतियोगिताकै कमजोर मानिएको रसियाले उत्साहजनक सुरुवात गरेको छ ।
समूह एमा रहेको रसियाले अब इजिप्टको सामना गर्नेछ भने साउदीले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलका तस्बिरहरु हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया