बेसहारा दीदीलाई बेलायतमै बस्न दिन कानुनी लडाई लडदै गोर्खा सैनिक

एजेन्सी : ७५ वर्षीय बेसहारा दीदीलाई आफूसँग राख्न अनुमतिका लागि बेलायतमा बसिरहेका एक गोर्खा सैनिकले त्यहाँको गृहमन्त्रालयसँग कानुनी लडाइ लडिरहेका छन् ।

५८३ हस्ताक्षरसहित लाल सुब्बा गुरूङलाई नेपाल फर्काउने आदेशलाई रोक्न एक उजुरी दर्ता गरिएको छ ।

मेजर उदयबहादुर गुरूङ ३१ वर्ष बेलायती सेनामा सेवा गरेपछि सन् २०००मा रिटायर्ड भए ।

उनकी विधुवा दीदी लाल सुब्बा  सेवानिवृत भाईको कोलचेस्टरस्थित घरमा बसिरहेकी छिन् । महाभूकम्पमा उनको नेपालस्थित घर ध्वस्त भयो । 

लालका परिवररले अदालतबाट उनलाई बेलायतमा बस्न पाउने अनुमतिकाका लागि प्रयास गरेका छन् तर यो वर्षको शुरूमा अदालतले उनीहरूको आग्रहलाई अस्वीकार ग-यो ।

७५ वर्षीया लालको स्वास्थ्य कमजोर छ । सन् १९७०मा भएको पाकिस्तान युद्धमा उनका श्रीमानले ज्यान गुमाए त्यसबेला देखि दीदी लाल भाई उदयसँगै बसिरहेकी छिन् ।

उनलाई केही साता भित्र नेपाल फर्काउने भएको छ । नेपालमा उनको घर सन् २०१५मा भत्किसेको छ । उनका परिवारका सदस्य नजिक बस्दैनन् । 

कोलचेस्टर नेपाली समाजका अध्यक्ष रहेको मेजर गुरूङले सन् १९६९मा गोर्खा सेनामा भर्ती भएका थिए ।

मलेसिया, हङकङ, दक्षिण कोरिया, जर्मनी, न्यूजिल्यान्ड, फकल्यान्ड र बेलायतमा काम गरी सेवानिवृत भए ।

उनले  प्रिन्स ह्यारीको नेतृत्वमा रहेको रोयल गोर्खा राइफ्ल्स अफगानिस्तान जाँदा कम्पनीको कमान्ड सम्हालेका थिए ।

उनले सेप्टेम्बर २०१५मा उनले यसका लागि उजुरी दिएका थिए तर त्यो अस्वीकार गरियो ।

मेजरले आफूले दीदीको सबै खर्च उठाउने छु ।

बेलायती सरकारको कुनै पनि खर्च लिन्न तर दीदीलाई यही बस्ने अनुमति पाउँ भनी बिन्ती गरिरहेका छन् ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?