अमेरिकी गुप्तचरसंस्थाका पूर्व प्रमुखले पदीय मर्यादा उल्लंघन गरेको आरोप

एजेन्सी : अमेरिकाको न्याय विभागले अमेरिकी गुप्तचर संस्था एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले पदीय मर्यादा उल्लंघन गरेको भएपनि राजनीतिक पूर्वाग्रही नभएको जनाएको छ ।

आइजी माइकल होरोवित्सले भने “कोमीले एफबीआईको र विभागको मर्यादालाई पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको इमेलबारे छानबिन गर्दा उल्लंघन गरे ।”

सन् २०१६मा राष्ट्रपतिको प्रतिस्पर्धामा ट्रम्पसँग पराजित हुँदा क्लिन्टनले कोमीमाथि नीजी इमेल एकाउन्टको उपयोग गरेको आरोप लगाएकी थिइन् ।

प्रतिवेदनले यो विषयलाई पनि खुलाएको छ ।

एफबीआईका निर्देशक क्रिस्टोफर रेले विभागको प्रतिवेदनलाई स्वकार गरी कोमी राजनीतिक पूर्वाग्रही नभएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?