पाकिस्तानी पूर्व राष्ट्रपति मुसर्रफलाई चुनाव नलड्न फेरि आदेश

एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई सशर्त चुनावमा भाग लिन दिएको आदेश फिर्ता लिएको छ ।

अदालतले मुसर्रफ अदालतमा उपस्थित हुन नसकेकाले उनलाई आम चुनावमा उम्मेदवार हुनबाट रोकिएको जनाएको छ ।

गत साता अदालतले उनलाई चुनावमा भाग लिन अनुमति दिएपछि उनले चितरालबाट मनोनयन दर्ता गराएका थिए । पाकिस्तानमा २५ जुलाईका दिन आम चुनाव हुने भएको छ ।

अदालतले जुन १३सम्म मुसर्रफलाई अदालतमा उपस्थित हुन भनिएको थियो ।पेशावर उच्च अदालतमा उनलाई आजीवन अयोग्य गर्न पर्ने माग सहित सन् २०१३मा दायर गरिएको मुद्दाको सन्दर्भमा उनलाई सशर्त अनुमति दिइएको थियो ।

प्रमुख न्यायाधीश सकिव निसारले पूर्व राष्ट्रपति मुर्सरफलाई अदालतमा उपस्थित नहुने कायर भने । 

मुसर्रफका सल्लाहकार कमार अफजलले अदालतलाई आउन चाहेका छन तर तत्कालै उपस्थित हुन असम्भव रहेको जनाकारी दिएका थिए ।

अर्को सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

विभिन्न मद्दामा मुसर्रफलाई पाकिस्तानले खोजिरहेको छ । तर उनी मार्च २०१६देखि दुबइमा बसिरहेका छन् ।

मुसर्रफ सन् १९९९देखि २००८सम्म पाकिस्तानमा सैनिक शासन चलाएका थिए ।

सन् २०१३मा पेशावर उच्च अदालतले उनलाई आजीवन अयोग्य हुने गरी फैसला गरेको उपर पुनरावेदन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?