एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दान दिने संस्था ट्रम्प फाउन्डेशनले कानुन उल्लंघन गरेको भन्दै न्युयोर्कको महान्यायाधिवक्ताले मुद्दा हाल्ने तयारी गरेको छ ।
बारबारा अन्डरउडले जनाए अनुसार दान दिने यो फाउन्डेशनले सन् २०१६को निर्वाचनलाई प्रभावित पार्ने गरी गैर कानुनीरूपमा राजनीतिक समन्वयको काम गरेको थियो ।
मुद्दामा फाउन्डेशनलाई खारिज गर्न र पुनस्थापना गर्न २८ लाख अमेरिकी डलर जरिवाना गर्न माग गरिएको छ ।
तर फाउन्डेशनले भने यो आरोपलाई अस्वीकार गर्दै यसलाई राजनीतिक अभिप्रेरित कदम भनेको छ ।
यसबारे राष्ट्रपति ट्रम्पले ट्विटरमा भनेका छन् “कमजोर न्यूयोर्कका डेमोक्रेट्सहरूले आफू विरूद्ध मुद्दा हाल्न जे पनि गर्न सक्छन् । ”साथै यो मुद्दामा मिलापत्र नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया