प्राथमिक तहका शिक्षकका लागि ७७ वटै जिल्लामा रोजगारीको अवसर

भक्तपुर । देशका ७७ वटै जिल्लामा प्राथमिक तह तृतीय श्रेणीको रिक्त पद पदपूर्तिका लागि शिक्षा सेवा आयोगले विज्ञापन प्रकाशित गरेको छ । 

सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट स्थायी रुपले पदपूर्ति गर्नका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो ।
देशभर रिक्त रहेका ५,४९८ वटा खुल्ला तथा आरक्षित ४,४९८ पदका लागि आयोगले विज्ञापन प्रकाशित गरेको छ ।

यसका लागि दरखास्त फारम तिरी फारम पेस गर्ने अन्तिम मिति यही असार ३० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन ५ गतेसम्म फारम पेश गर्न सकिनेछ । 

साथै यसका लागि उम्मेदवार बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ । शिक्षा विषयमा कम्तिमा १० महिने तालिम प्राप्त गरेको हुनुपर्ने लगायतका न्यूनतम योग्यता तय गरिएको छ ।

यसबारे विस्तृत विज्ञापन गोरखापत्रमा प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?