काला क्षिद्रले तारा निलिरहेको पहिलो पटक देखियो

एजेन्सी : वैज्ञानिकहरूले आकाशमा पहिलो पटक काला क्षिद्र (ब्ल्याक होल)ले तारालाई निलिरहेको देखेका छन् ।

वैज्ञानिकहरूले आकाशमा भइरहेको गतिविधिलाई हेर्न प्रयोग गरिने विशिष्ट प्रकारको शक्तिशाली दूरबीनको माध्यमबाट ब्ल्याक होलले तारालाई निलेको दृश्य देखेका हुन् ।

काला क्षिद्रको शक्तिशाली गुरूत्वले तारालाई झम्टेर  यसलाई टुक्रामा विभाजित गरेको देखियो ।

पृथ्वीबाट १५ करोड प्रकाश वर्ष टाढा रहेको एआरपी २९९ नाम गरेका एक जोडी आकाश गंगाको (गल्याक्सी) भिडन्तको दृश्य देखियो ।

ती गल्याक्सी मध्ये एकको केन्द्रमा  सूर्यको आकारको भनदा दोब्बर आकारको तारा ब्ल्याक होल नजिक आयो  जुन ब्लायक होल हाम्रो सूर्यको भन्दा २ करोड भन्दा ठूलो छ ।

 त्यो तारा टुक्रा टुक्रा भएर ब्रहामण्डमा फैलियो ।यसरी तारा विस्फोटन भएको घटनालाई वैज्ञानिकहरूले पहिलो पटक हेर्न पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?