प्रदेश २ मा २८ अर्बको बजेट आउँदै

जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष २०७५–०७६ को लागि २८ अर्बको बजेट ल्याउँदैछ  ।

शुक्रबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । सो बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री यादवले बताए ।

उनले भने स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटनलाई पनि प्रमुख प्राथमिकतामा राखेको जानकारी दिए । बजेटमा सिंचाइ, सडक, उद्योग, पर्यटन र भौतिक पूर्वाधारमा विकासमा पनि धेरै रकम छुट्याइएको छ ।

प्रदेश सरकारले गत जेठ २४ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर आर्थिक मामिला मन्त्रालयले आर्थिक वर्ष २०७५–०७६को बजेट तयार पारेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?