काठमाडौं। फुटबलको महाकुम्भ विश्वकप फुटबल २०१८ अन्तर्गत आजराती दुई युरोपेली पावर हाउस स्पेन र पोर्चुगल भिड्दैछन् ।
पूर्व विश्व च्याम्पियन स्पेन र पोर्चुगलविचको खेल नेपाली समय अनुसार आजराती ११ः४५ बजे सोचीस्थित फिस्ट ओलम्पिक स्टेडियममा हुदैछ । दुवै टिमको लक्ष्य उपाधी जित्ने भएकोले आजराती हुने खेललाई समूह चरणकै उत्कृष्ठ र रोमाञ्चक मानिएको छ ।
यसअघि सन् २०१० को विश्वकपको राउन्ड अफ १६ मा स्पेन र पोर्चुगल आमने—सामने भएको थियो । आजको प्यलेर टु वाच
क्रिस्चियानो रोनाल्डो, पोर्चुगल
सन् २०१६ को युरो कप च्याम्पियन पोर्चुगलले विश्वकपमा तेस्रो स्थान भन्दामाथिको स्थान तय गर्न सकेको छैन् ।
त्यसकारण यस विश्वकपमा पनि पोर्चुगललाई बलियो टोलीका रुपमा हेरिएको छैन । तर, विश्वका उत्कृष्ट खेलाडीका रुपमा चिनिने रोनाल्डो एक्लै आफ्नो टोलीलाई अगाडी बढाउन पनि सक्षम रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायिक खेल खेलिरहेका रोनाल्डो सन् २००३ देखि राष्ट्रिय टोलीबाट खेल्दै आईरहेका छन् ।
पाच पटक बेलोन डी’ ओर अबाड र चार पटक युरोपियन गोल्डेन बुट जितेका उनले क्लबका लागी २६ ट्रफी, पाँच लिग टाइटल र पाच पटक नै च्याम्पियन्स लिगको उपाधी दिलाए थिए । पोर्चुगलबाट १ सय ४९ खेल खेलेका उनले ८१ गोल गरिसकेका छन् । इ
स्कोसंगै लगातार ३ पटक च्याम्पियन्स लिग जितेका रोनाल्डोको यस सिजन सुरुवात राम्रो नभए पनि कुल ४५ खेलमा ४८ गोल गर्दै सिजनको आकर्षक अन्त्य गरेका थिए ।
इस्को, स्पेन
इस्को आफ्नो पास गर्ने शैली, गोल गर्ने कला र बलमा नियन्त्रणका लागि परिचित छन् ।
एक मिडफिल्डरमा खेल्ने खेलाडीमा हुनु पर्ने सबै गुण उनीमा छ भन्ने कुरामा दुई मत छैन । उनी स्पेनिस टोली खेल्ने शैली र प्रणालीका मूल पात्रका रुपमा उदाएका छन् ।
रियलले लगातार ३ पटक च्याम्पियन्स लिगको उपाधि जित्दाको इस्को महत्वपूर्ण सदस्य हुन् । सन् २०१३ बाट राष्ट्रिय टिममा आबद्ध भएका इस्कोले ८ खेल खेल्दै १ गोल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया