किन रोकियो प्रदीप खड्काको ‘रोजी’ छायांकन?

काठमाडौं । तीव्र रुपमा छायांकन भइरहेको चलचित्र ‘रोजी’ विकास बोर्डले अवरोध गरेको छ । फिल्म छायांकनको अन्तिम समयमा आएर प्राविधिक साम्रगीसमेत उठाएर विकास वोर्डले लगेपछि छायांकन रोकिएको हो ।

फिल्म बन्ने घोषणा भएर छायांकन पनि अन्तिम चरणमा पुगेको यो फिल्मको विरोध हुन थालेको थियो । विरोधको कारण भने यो फिल्मको कथा रोजी हत्या प्रकरणसँग मिल्न गएको भन्ने हो । ०६८ साल साउनमा ललितपुरकी रोजी महर्जनलाई उनकै प्रेमिकाले हत्या गराएका थिए । सोही कथालाई लिएर फिल्म निर्माण गर्न लागिएको भएपनि रोजीका परिवारसँग भने फिल्म युनिटले कुनै सल्लाह गरेको थिएन ।

बुझिएअनुसार हत्याको आरोपमा जेल परेका रोजी महर्जनका प्रेमीलाई भेट्न प्रदीप आफै दुईपटक जेल पुगेर भेटेका थिए ।

फिल्म टिमले भने यसरी बीचमा आएर एकाएक फिल्म रोक्दा आफूलाई आर्थिक रुपमा अझ धेरै घाटा हुने बताएको छ ।

रोजी महर्जनका परिवारले भने आफूलाई नसोधी फिल्म निर्माण गर्न लागेको भन्दै कोँचे थापेका छन् । विकास बोर्डकी अध्यक्ष निकिता पौडेलका अनुसार रोजी महर्जनका परिवारले मौखिक रुपमा आग्रह गरेकाले दुवै पक्षलाई मिलाउन फिल्मको छायांकन रोकेको बताइन् ।

रोजी महर्जनका परिवार र फिल्म युनिटबीच छलफल नटुंगिएसम्म फिल्मको छायांकन नुहने पनि उनले बताइन् ।

यो फिल्मलाई निरक पौडेलले निर्देशन गर्दैछन् । फिल्ममा परमिता राणा र मिरुना मगर नायिकाका रुपमा हुनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?