काठमाडौं । सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुद लागी नेपालले विशेष तयारी सुरु गरेको छ ।
नेपाल ओलम्पिक कमिटिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै टोकियो ओलम्पिकको तयारी सुरु भएको जानकारी दिएको हो । नेपालले जापान ओलम्पिकको लागि ९ खेललाई प्राथमिकतामा राखेको छ ।
ओलम्पिक सोलिडारिटी कोर्ष अन्तर्गत नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी, एथलेटिक्स, सुटिङ, भारोत्तोलन र पौडीलाई प्राथमिकतामा राखेको हो । ओलम्पिक सोलिडारिटीमा परेका ९ खेल मध्येका २ देखि ४ खेलाडीलाई विशेष तयारीका लागि वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले बताए ।
जुडो खेलकी फुपूल्हामु खत्री अहिले जापानमा छिन् भने जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानलाई चाडै नै त्यसतर्फ पठाउने तयारी भइरहेको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए । ओलम्पिक कमिटिले तेक्वान्दो र एथलेटिक्स खेलका खेलाडीलाई पनि वैदेशिक प्रशिक्षणको लागि पठाउने तयारी भइरहेको जानकारी दिएको छ ।
नेपालले रियो ओलम्पिक सकिएको १४ महिनापछि जापान ओलम्पिकको लागि तयारी शुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया