मुम्बई । बलिउड अभिनेता सैफ अली खानलाई इन्टरपोलले नोटिस पठाएको छ । यो नोटिस उनलाई रोमानियामा शिकारका लागि जाने मामलामा दिइएको हो । यस मामलामा बुल्गारिकाको सरकारले सैफ अली खानलाई दश हजार यूरो दिन भनेको छ ।
इन्टरपोलले यो नोटिस जुन महिनाको पहिलो हप्ता बान्द्रास्थित घर पठाएको हो ।
यो नोटिसमा सैफलाई पन्ध्र सवाल सोधिएको छ । यो नोटिस सैफ लगायत अन्य तीन जनालाई पनि दिइएको छ । मुम्बई प्रहरीका एक अधिकारीका अनुसार सैफ र अन्यलाई नोटिस पठाइएको हो । तर अहिलेसम्म यसबारेमा सैफले भने केही बताएका छैनन् ।
सैफलाई बुल्गारियन कम्पनीका माध्यमबाट रोमानियाको पहाडका जंगली भालुको शिकारको योजना बनाएको बताइएको थियो । सूत्रका अनुसार सैफले यो शिकार २०१३ मा गरेका थिए । यो मुद्दामा उनले २४ हजार यूरो दिनुपर्ने थियो तर उनले १४ हजार यूरो मात्र दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया