काठमाडौं । फिफा विश्वकप फुटबलको समूह ‘ए’ मा रहेको इजिप्टले उरुग्वेसँग भिडिरहेका छन् ।
यि दुई टिमविचको खेल एकाटेरिङवर्ग एरेनामा भइरहेको छ । दुवै टिमलाई समूहबाट दोस्रो चरणमा पुग्ने दाबेदार टिमको रुपमा लिइएको छ । दुई पटकको विश्व विजेता उरुग्वेका लागि पहिलो खेलमै इजिप्टसँग खेल्नु चुनौतीपूर्ण छ । सन् १९७० पछिको विश्वकपको पहिलो खेलमा उरुग्वेले जित निकाल्न सकेको छैन् । पछिल्लो ४८ वर्षमा उरुग्वेले विश्वकपमा खेलेका पहिलो ६ खेलमा ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ । उरुग्वेले अहिलेसम्म १४ पटक र इजिप्टले ३ पटक मात्र विश्वकप फुटबल खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया