काठमाडौं । फिफा विश्वकप फुटबलको समूह ‘ए’ मा रहेको इजिप्ट र उरुग्वेविचको पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको छ ।
यि दुई टिमविचको खेल एकाटेरिङवर्ग एरेनामा भइरहेको छ । खेलको १८ औ मिनेटमा उरुग्वेका एडिन्सन काभानीले प्रहार गरेको बल इजिप्टका गोलरक्षकले क्लियर गरे । त्यस्तै, २३ औ मिनेटमा स्टार खेलाडी लुइस सुआरेजले सिक्स यार्डबाट प्रहार गरेको बलले सहि दिशा दिन सकेनन् ।
इजिप्टका स्टार खेलाडी मोहमद सलाह काधको समस्याका कारण खेलको पहिलो हाफसम्म मैदानमा उत्रेका थिएनन् । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म इजिप्टले दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई कडा टक्कर दिइरहेको छ । दोस्रो हाफको खेल केहीबेरमा सुरु हुनेछ ।
यस प्रतियोगितामा दुवै टिमलाई समूहबाट दोस्रो चरणमा पुग्ने दाबेदार टिमको रुपमा लिइएको छ । सन् १९७० पछिको विश्वकपको पहिलो खेलमा उरुग्वेले जित निकाल्न सकेको छैन् । पछिल्लो ४८ वर्षमा उरुग्वेले विश्वकपमा खेलेका पहिलो ६ खेलमा ३ खेलमा बराबरी र ३ खेलमा हार बेहोरेको छ ।
उरुग्वेले अहिलेसम्म १४ पटक र इजिप्टले ३ पटक मात्र विश्वकप फुटबल खेलेको छ । इजिप्टले सन् १९९० मा पहिलो पटक फिफा विश्वकपमासहभागिता जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया