काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत उरुग्वेले विजयी सुरुवात गरेको छ ।
एकाटेरिङवर्ग एरेना शुक्रबारसाझ भएको समूह ‘ए’ को खेलमा उरुग्वेले इजिप्टलाई १—० गोल अन्तरले पराजित गरेको हो । खेलको १८ औ मिनेटमा उरुग्वेका एडिन्सन काभानीले प्रहार गरेको बल इजिप्टका गोलरक्षकले क्लियर गरे । त्यस्तै, २३ औ मिनेटमा स्टार खेलाडी लुइस सुआरेजले सिक्स यार्डबाट प्रहार गरेको बलले सहि दिशा दिन सकेनन् ।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म इजिप्टले दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई कडा टक्कर दिएको थियो । दोस्रो हाफमा निकै दबाबपूर्ण खेल खेलेको उरुग्वले खेलको ७८ औ मिनेटमा कार्लोस सान्चेचले प्रहार गरेको बल बाहिरियो ।
निकै रोमान्चक बनेको खेलको ८९ औ मिनेटमा जोस गिमिनेजले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले फ्रि—किकलाई सदुपयोग गदै हेडमार्फत गोलपोष्टको जाली चुमाएका थिए । यो गोलसँगै गिमिनेज उरुग्वेका लागी विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
इजिप्टका स्टार खेलाडी मोहमद सलाहलाई काधको समस्याका कारण खेल अबधीभर मैदानमा प्रवेश गराएनन् । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएर मैदान छाडेका सलाह अहिले फिट रहेको र पहिलो खेलमै मैदान प्रवेश गर्ने सम्भावना बलियो रहेको प्रशिक्षक हेक्टर कुपरले बताए पनि उनलाई खेलाइएन । जितपछि उरुग्वेले अंक तालिकामा ३ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया