काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकन डलर १ को खरिददर ११९ रुपैयाँ २ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा रहेको छ ।
त्यसैगरी एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३५ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै एक साउदी अरबीयन रियलको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा रहेको छ ।
कुन देशको मुद्राको भाउ कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया