कवि भरत आचार्य, आनन्दकुटी र म

अफसेट प्रेसमा काम थियो । साथी सुनिल थापाको घरबाट सिधै  पोखरा-लेखनाथ महानगरपालिकाको पछाडिको अफसेट प्रेसमा छिरेँ । विहान मात्र लेखक नारायण परिश्रमीले उक्त प्रेस चिनाएका थिए । मैले टाइपिङका सामग्रीहरु बुझाएँ । एक जना बहिनीले बुझिन् । दिनभर त्यहाँ बस्नु पर्ने तर समय कटाउन गाह्रो भयो । हुन त लेखक नारायण परिश्रमीले विहान मलाई आफ्नो निबन्ध सँग्रह "परिश्रमीका बाह्र रचना" चिनो स्वरुप दिएका थिए । त्यो विहान "कथा स्र" शिर्षक मात्र पढेँ । कोठामै छोडिएछ । 

बा ! तिम्ले भारी बोक्न सिकाएनौ । किन मलाई  हलो जोत्न सिकाएनौ ।। अनेक गुनासा छ्न् तिमी सित  बा  पढ मात्र भन्यौ प्रश्न सोध्न सिकाएनौ ।

म यतै कतै पुस्तकको खोजिमा निस्केँ । नजिकै पुस्तक पसल भेटिनँ । पालिखे चोकमा गएर पाइला रोकेँ । कुमार नगरकोटीको अक्षरगञ्ज खोजेँ । त्यहाँ रहेनछ । नजर पल्लोपट्टिको पुस्तक पसलमा गयो ।  पुनः अक्षरगञ्ज खोजेँ । एक जना भाइ अक्मकियो । सायद उनले यो नाम सुनेका थिएनन् । त्यहि पसलको साहूनी हुनु पर्छ , उनले भाइलाई माथि कतै छ; लिन जानू भनेर पठाइन । 

पुस्तक लिन गएका मान्छे फर्किन ढिलाई गरे । अलि ढिला हुन लाग्यो । यो खाली समयमा पोखरा निवासी साहित्यकार तथा मूर्तिकार भरत आचार्यलाई फोन हान्न अलि पर गाडीको आवाज कम सुनिने कुनातिर जान पाइला बढाएँ । साहूनीलाई भने म जान लागेको भन्ने लागेछ । 

एकैछिन पर्खिनु भाइ ! – साहूनीले भनिन् ।
म पर्खिन्छु ! – मैले भनेँ । 
उता भरत आचार्यको फोन लाग्यो ।
हेलो !

बिरामी भएर भेट्न  नआएका होलान् भन्ने मेरो सोझो अनुमानले हावा खायो । मनको एक कुनामा स्मृतिको पर्दा नाच्न थाल्यो । मेरो मथिङ्गलमा एकताका उनी अस्पतालबाट ह्वील चीयरमा निस्केको फेसबुकको पोष्ट दृष्टिगोचर भयो । मनमा पीडाको घण्टी बज्न थाल्यो । उनले केही दिन अघि पोष्ट गरेको मुक्तक सम्झेँ –

भरत सर नमस्कार ! घरमा हो कि बाहिर हो ? – मैले भनेँ । 
म घरै छु ! – उताबाट आवाज आयो । 
तपाईंको फुर्सद छ कि छैन होला हजुर ? – मेरो जिज्ञासा ओठबाट फुत्किहाल्यो।
हजुर, म फुर्सदमै छु ! – आशातित् आवाज घन्कियो ।
उसो हो भने महेन्द्रपुलतिर आउन सक्नु हुन्छ? फुर्सद छ भने भेटाैँ ! – मैले आग्रहको याचना गरेँ ।
म आउन सक्दिन हजुर । – गाडीको चर्को आवाजले र टावरको सुस्तमनस्थितिले आवाज कस्तो कस्तो सुनियो । लाग्यो , बुढा बिरामी पो परेछन् क्यारे !
तपाईं बिरामी हुनुहुन्छ हो ? – अनायास सम्हाल्न नपाउँदै मेरो अनभिज्ञता पोखियो । 
हजुर , म हिड्न सक्दिनँ । हिँड्न नसक्ने अवस्थामा छु । – उताबाट अनपेक्षित शव्द कानमा बज्रियो । मलाई के लाग्यो भने , बुढा ओछ्यानै परेछन् ; लाै खत्तम बर्बाद ! बुढा आउन नसक्ने भए आजलाई भेटघाट बन्द ! हप्तादिनको बसाईमा सञ्चो भएका खण्डमा भेटाैँला नि ! म यस्तैमा सोँचमग्न हुन लागेथेँ । उताबाट आवाज आई रह्यो । 

तपाईं पालिखे चोकबाट रानी पाैवाको टेलिकम अगाडी आएर मलाई कल गर्नुस् । म भाईलाई भन्छु । तपाईंलाई भाइले रिसिभ गर्छ । उसँगै आउनुस् मेरो घरमा । आधा घण्टा जति कुरा गरेर जानू होला । – भरत आचार्य बोल्दै थिए । 
हुन्छ , म आउँछु ! – भेटघाट पर सर्ने सोँच बनाएको म । तुरुन्त दृष्टिकोण बदलियो । रानी पाैवा जान हतारिएँ । यत्तिकैमा अक्षरगञ्ज आई पुग्यो । अक्षरगञ्ज लिएर म रानीपाैवा टेलिकमतिर हान्निएँ । 

महेन्द्र पुल तरेर टेलिकम अगाडि गएपछि भरत आचार्यलाई म्यासेज पठाएँ । 

तत्पश्चात उनको फोन आयो । 

एक जना भाइको नम्वरबाट फोन आयो भने रिसिभ गर्नु होला । – उनले सम्झाए ।
हुन्छ ! – मैले भनेँ । तर उनले भने अनुसार मोबाइलबाट नभई लोकल नम्बरबाट फोन आयो । ती भाइले गेट पालेलाई भनि पुरानो गेटमा आउनु भने । म आज्ञाकारी बनेर भनेबमोजिम पुरानो गेटमा गएँ । धेरै बेरसम्म उभिँदा पनि भाइ आएनन् । उनले गरेको लोकल नम्बरमै कलब्याक गरेँ । उनले पल्लो ढोकाबाट मलाई  लिन आए । हामी उनको अफिसमा पस्याैँ । 

एक जना दाइ आए पछि म तपाईंलाई भरत दाइको घर पुर्‍याउन लैजाउँला ! – भाइले भने । 
हुन्छ ! – मैले प्रत्युत्तरमा भनेँ । 

अफिसमा केही भलाकुसारी भयो ।

तपाईं पनि साहित्य प्रेमि हो कि ? -भाइले जिज्ञासा राखे ।

हो , म साहित्यनुरागि !

पहिले देखिनै चिनजान थियो भरत दाइसँग ?

थिएन , भर्खर डेढ दुई बर्ष भयो होला । फेसबुकले चिनाएको ।  बोलचाल भने भर्खर मात्र भएको हो । – मैले भनेँ ।

मूर्तिकार भरत आचार्यसँग मूर्ति हेर्न निकै उत्सुक भएँ । शिरोमणी लेखनाथ पाैड्याल , मदन भन्दारी , शिव , गणेश , नागका तस्बिर बडो गजबका थिए । सब भन्दा कुनामा अवस्थित नागको मूर्ति देखाएर उनले भने – त्यो मेरो पहिलो प्रयास थियो । पन्ध्र बीस बर्ष भए शिव गणेशको मूर्ति पनि । मदन भण्डारीको मूर्ति उनको मृत्यु भए पश्चात् नै बनाएको हुँ । 

यता फर्कि आउँदा पृय कवि शिरोमणी लेखनाथ पाैड्याल थुपुक्क बसेका थिए । मलाई लाग्यो , सायद मेरो मंगोल मुहार हेरेर उनी हो कि होइनको एकनासले मलाई हेरिरहेका छन् । 

अझ वर भूपि शेरचन गम्भीर मुद्रामा थिए ।

एक जना बृद्धको आगमन भयो । भाइले उनीसँग बाइकको चाबी मागे । हामी स्कुटरमा फूलबारी साइड हुँदै भरत आचार्यको घरतिर उकालियाैँ । माथि जङ्गलको बीचमा एउटा मात्र भएको सेतो घरलाई आैँल्याएर भाइले त्यो नै भरत आचार्यको घर भएको बताए । पोखरा बजारको भिँडभाड भन्दा निकै पर जाँदै छाैँ जस्तो लाग्यो ।
स-साना थुप्रै उकाला घुम्तीहरु पार गरेपछि हामी एउटा सेतो तर फिनिसिङ नभएको तल्लो तलामा गएर ओर्ल्याैँ । दोस्रो तल्लामा उक्लिने बित्तिकै मेडमले ढोका खोल्नु भयो । मैले नमस्कार गरेँ । वहाँको मृदुल बोली र मीठो सत्कार यादगार लाग्यो । एकदम खुला चाैडा तर सफा कोठाहरुले महक छाएको थियो घरको । भित्रि कोठामा भरत आचार्य बेडमा टुक्रुक्क बसेका थिए । हामीले साहित्यक मैत्रीय अभिबादन आदानप्रदान गर्‍यौं । 

कहिँ जान र डुल्न सकिन्न हेर्नुस् , खुट्टा यस्तो छ । – उनले बायाँ तिघ्रा देखाउँदै भने । बिरामी भएर भेट्न  नआएका होलान् भन्ने मेरो सोझो अनुमानले हावा खायो । मनको एक कुनामा स्मृतिको पर्दा नाच्न थाल्यो । मेरो मथिङ्गलमा एकताका उनी अस्पतालबाट ह्वील चीयरमा निस्केको फेसबुकको पोष्ट दृष्टिगोचर भयो । मनमा पीडाको घण्टी बज्न थाल्यो । उनले केही दिन अघि पोष्ट गरेको मुक्तक सम्झेँ –

जिन्दगीको जाँतो ठिकै चल्दै थियो ।
कैले गुराँस कैले पलाँस जसै फुल्दियो । ।
चल्दा चल्दै खिइएछ क्यारे मानी
थाहै नपाइ कहाँ बाट कहाँ उछिट्टियो ।

कसरी यो हालत भयो तपाईंको ? – मैले भनेँ । सडक दुर्घटनामा होला सायद । मनमा यहि अनुमान थियो ।

"घरकै काममा यस्तो भयो । घरकै काममा एक किसिमको आन्तरिक दुर्घटना भयो । " उनले भने – " गम्बुट लगाएको थिएँ । शुरुमा थाहा भएन । खुट्टा भाच्चिँदा बल्ल थाहा भयो । नशा पनि चुँडिएछ । नशा चुँडिए पछि हड्डी नजोडिँदो रहेछ ।

उनको बायाँ खुट्टा गुमेछ । तर पनि उनी दु:खी छैनन् । जिन्दगी जस्तो छ , स्वीकार्न राजी छन् । 

मेडम काँक्रो र नून खुर्सानी लिएर आउनुभयो  । हामी काँक्रोको स्वादमा गफियाैँ । उनले साहित्य टेलिकमबाट रिटायर्ड भएपछि बेसी लेख्न थालेका रहेछन् । 

मैले आनन्दानुभूति लिँदै भनेँ । एकान्त ठाउँमा सुन्दर ढङ्गले डिजाइन गरिएको घर आफैमा निकै मनमोहक थियो नै । त्यसमाथि पोखराको साैन्दर्यात्मक दृष्याबलोकन गर्नुको मजा नै बेग्लै । पोखरा हेर्न सराङकोट जानै नपर्ने । हरियाली बोटवृक्षको लयात्मक रागमा सुवासिलो वातावरणले आनन्दानुभूति दिइरहेको थियो । लाग्यो , यो आनन्द कुटि हो । आनन्द बाहेक अरु केही छैन । यहि भएर नै केही गुमाएर पनि उनी दु:खी छैनन् । पोखरा शहर आफैमा सुन्दर त हुँदै हो परन्तु यो घरको छतबाट झन स्वर्गकै टुक्रा देखिन्थ्यो । मैले उनकै कविता सम्झेँ पोखरा हेर्दै …

केही कृति प्रकाशित छन् ? – मेरो प्रश्न तेर्सियो ।
छैनन् । सब फुटकरमा छरिएका छन् । – उनले भने ।

उनी निकै समसामयिक र चोटिलो लेख्न माहिर छन् । 

मक्तक:- १
बिकाशका नाममा चौतारो फालिन्छ 
क्रान्तिका नाममा टायर बालिन्छ ।
तुल्सी पिपल पूज्ने रुढीबादी पाखे भए 
प्लास्टिकका फूल सजाएर रिबन काटिन्छ ।।

मुक्तक:- २

अझ वर भूपि शेरचन गम्भीर मुद्रामा थिए । उदासीमा पनि उनले व्यंग्य कसेर भने झैँ लाग्थ्यो – साँघुरो गल्लीमा मेरो चोक छ, यहाँ के छैन सब थोक छ ।

बिगार्न बाँदर सित,लुकाउन बिल्ली सित  सिकेका ।
भनौं आफ्नै स्वाभिमान गुम्ने ,दिल्ली सित बिकेका ।
गुण्डा चोर तस्कर भ्रष्टाचारको जालो बिकराल छ
खै त ? रवि धुर्मुस कुलमानले झैं ,जन्ताको मन जितेका ।

मुक्तक:- ३
बा ! तिम्ले भारी बोक्न सिकाएनौ ।
किन मलाई  हलो जोत्न सिकाएनौ ।।
अनेक गुनासा छ्न् तिमी सित  बा 
पढ मात्र भन्यौ प्रश्न सोध्न सिकाएनौ ।

मुक्तक:- ४
आकर्षण छ रङ्गिन पुतलीहरुमा, 
तर विषयुक्त हुन्छ्न् ।
अत्याधिक गुण छ मौरीमा 
तर पनि, रीसयुक्त  हुन्छन् ।।

चिया आयो । हामी मीठो चियामा मग्न भएर केही भलाकुसारी गर्दै रह्याैँ । मलाई लिएर गएका भाइ केही हतारिए । हामी निस्किने तर्खरमा लाग्याैँ । कवि भरत आचार्यको आग्रहमा हामी उनको घरको छतबाट पोखरा भ्याली हेर्न उक्लियाैँ । 

अत्यन्त सुन्दर दृष्य  ! तपाईंको घर त पोखराको भ्यू पोइन्ट जस्तै लाग्यो हजुर ! – मैले आनन्दानुभूति लिँदै भनेँ । एकान्त ठाउँमा सुन्दर ढङ्गले डिजाइन गरिएको घर आफैमा निकै मनमोहक थियो नै । त्यसमाथि पोखराको साैन्दर्यात्मक दृष्याबलोकन गर्नुको मजा नै बेग्लै । पोखरा हेर्न सराङकोट जानै नपर्ने । हरियाली बोटवृक्षको लयात्मक रागमा सुवासिलो वातावरणले आनन्दानुभूति दिइरहेको थियो । लाग्यो , यो आनन्द कुटि हो । आनन्द बाहेक अरु केही छैन । यहि भएर नै केही गुमाएर पनि उनी दु:खी छैनन् । पोखरा शहर आफैमा सुन्दर त हुँदै हो परन्तु यो घरको छतबाट झन स्वर्गकै टुक्रा देखिन्थ्यो । मैले उनकै कविता सम्झेँ पोखरा हेर्दै –

कालीमा शालिग्राम, श्रीखण्ड रानी बनैमा ।
कहाँ कहाँ खोजें प्रभु , तिमी रै छौ मनैमा ।।

छतबाट ओर्लियाैँ । घरको ढोका अगाडि सुन्दर आँगन देखियो । दुई चार मूर्ति देखिए । 

मूर्तिहरु हेर्नुस् – मेडमको मीठो आग्रह ।
मूर्तिकार भरत आचार्यसँग मूर्ति हेर्न निकै उत्सुक भएँ । शिरोमणी लेखनाथ पाैड्याल , मदन भन्दारी , शिव , गणेश , नागका तस्बिर बडो गजबका थिए । सब भन्दा कुनामा अवस्थित नागको मूर्ति देखाएर उनले भने – त्यो मेरो पहिलो प्रयास थियो । पन्ध्र बीस बर्ष भए शिव गणेशको मूर्ति पनि । मदन भण्डारीको मूर्ति उनको मृत्यु भए पश्चात् नै बनाएको हुँ । 

यता वल्लो फर्कि आउँदा पृय कवि शिरोमणी लेखनाथ पाैड्याल थुपुक्क बसेका थिए । मलाई लाग्यो , सायद मेरो मंगोल मुहार हेरेर उनी हो कि होइनको एकनासले मलाई हेरिरहेका छन् । 

अझ वर भूपि शेरचन गम्भीर मुद्रामा थिए । उदासीमा पनि उनले व्यंग्य कसेर भने झैँ लाग्थ्यो –

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन सब थोक छ

म चाहिँ उनको हल्लै हल्लाको देशबाट उनलाई खुब नियाली हेरेँ । म मूर्ति भनेर हेरिनँ । मैले भूपि नै हो भनेर हेरेँ उनलाई । किनकि मूर्ति जीवन्त थियो ।

यस्ता जीवन्त कला पारखी भरत आचार्यलाई र उनको आनन्दकुटीलाई बिदाई गरि भाइसँग फेरि पोखरा बजार ओर्लियाैँ । टेलिकमकै छेउमा म स्कुटरबाट झरेँ । अनि बल्ल मैले छुट्टिने बेला भाइको नाम सोधेँ । उनको नाम रहेछ – दिपक भण्डारी । भरत आचार्यका मामाका छोरा ।

यतिबेला झरि निकै बर्षि रह्याे । भूपिले माथि आनन्दकुटिबाट मलाई चिच्याएर भने झैँ लाग्यो –

गुन्टा बोक्ने भरिया बादललाई
फकाएर फुल्याएर
अघि-अघि 
छिटो छिटो पठाएर
पछि-पछि आफू
झुम्दै-झाम्दै
नाच्दै-गाउँदै
बाटोभरि मादल बजाउँदै
बूटको आवाजले
आकाश घन्काउँदै
हतार-हतार
चुहाउँदै पसिनाको धार
प्रत्येक वर्ष आउँछ असार

म झरिमा रुझेर निथ्रुक्क भिझ्दै अज्ञात पसलको पेटीमा ओत लागेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?