काठमाडौं– विश्वकपमा स्पेनविरुद्ध पोर्चुगाली खेलाडी क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरेका छन् । विश्वकपको पहिलो खेलमै उनले ह्याट्रिक पूरा गरेका हुन् । योसँगै उनले क्लब र पोर्चुगाली राष्ट्रिय टिमबाट गरी आफ्नो खेल जीवनकै ५१ औं ह्याट्रिक समेत पूरा गरेका छन् ।
शनिबार बिहान सम्पन्न स्पेन विरुद्धको खेलमा रोनाल्डो चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गरे । यस्तै खेलको ४४ औं मिनेटमा अर्को गोल थपे भने ८८ औं मिनेटमा फ्रिकिकमार्फत थप एक गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै पोर्चुगलले स्पेनसँग ३–३ को बराबरी खेल्यो । स्पेनका लागि डिएगो कोस्टाको २ गोल गरे भने नाचोले एक गोल गरे ।
कोस्टाले खेलको २४ औं र ५५ औं मिनेटमा टीमको लागि गोल गरे भने नाचोले पनि ५८ औं मिनेटमा अर्को गोल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया