इस्लाम धर्मालम्बीको इद पर्व शुरू

काठमाडाैं : इस्लाम धर्मालम्बीको महान् एवं पवित्र पर्व र्इद अाजदेखि शूरू भएको छ । 'इदल-उल-फितर' भनि चिनिने यो पर्व नेपालका लाखाैं मुस्लिमहरूले हर्षोल्लासका साथ मनार्इरहेका छन् ।

नुहाएर नयाँ वस्त्र धारण गरि नजिकको दरगाह वा मस्जिदमा भेला भएर सामूहिक रुपमा ‘विशेष नवाज’ पढ्दै इद पर्वको शुभारम्भ गरिएको छ । विभिन्न इदगाह वा मस्जिदमा भेला भएर पक्तिबद्ध भई सामूहिक रुपमा नवाज पढेर उनीहरु इद मनाइरहेका देखिन्छन् ।

एकार्कालाई अँगालो मारेर ‘इद मुवारक’को आदानप्रदान गर्नाका साथै अग्रजसँग आशीर्वाद लिइरहेको देखिन्छ । यो पर्व लगातार तीन दिनसम्म मनाउने गरिन्छ । 

इस्लामी पात्रोको नबाैं अन्तिम दिन चन्द्रमा देखेपछि ३० दिनको रोजा अर्थात् उपवास सम्पन्न भएपछि यो पर्व मनाउने गरिन्छ । इस्लाम धर्मालम्बी यस पर्वलाई पवित्र पर्वका साथै भ्रातृत्वको भावना र प्रेममा अभिवृद्धि गर्ने पर्वका रुपमा लिन्छन् ।

यस पर्वका अवसरमा घरलाई सजाउनाका साथै सपरिवार नयाँ वस्त्र धारण गर्ने, विभिन्न परिकारका भोजन गर्ने खासगरी सेवई र खीर र मीठाइ खाने गरिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?