काठमाडौं। फिफा विश्वकप फुटबल अन्तर्गत शुक्रबारराती भएको खेलमा पोर्चुगलले स्पेनलाई ३—३ गोलको बराबरीमा रोकेको छ ।
सोचीस्थित फिस्ट ओलम्पिक स्टेडियममा भएको समूह ‘बी’ को खेलमा क्रिस्चियानो रोनाल्डोले ह्याट्रिक गदै पूर्व विश्वबिजेता स्पेनलाई बराबरीमा रोकेको हो । रोनाल्डोले खेल सुरु भएको ४ मिनेटपनि बित्न नपाउदै पेनाल्टीमार्फत पहिलो गोल गरे ।
त्यस्तै, ४४ औ र ८८ औ मिनेटमा गोल गदै विश्वकप फुटबलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । यता स्पेनका लागी २४ औ र ५५ औ मिनेटमा डिएगो कोष्टाले दुई गोल गरे । ५८ औ मिनेटमा नाचोले एक मात्र गोल गरे । खेलमा रोनाल्डो म्यान अफ दी म्याच चुनिए ।
बराबरीसँगै दुवै टिमले समान १—१ अंक बाडेका छन् । ३ अंक जोडेको इरान समूह ‘बी’ को शिर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया