नाडेप मार्इक्रोफार्इनान्सको अार्इपीअो असार १० गतेदेखि

काठमाडाैं : नाडेप मार्इक्रोफार्इनान्सले असार १० गतेदेखि चार लाख ८० हजार कित्ता अार्इपीअो बिक्री खुल्ला गर्ने भएको छ । मार्इक्रोफार्इनान्सले ४ करोड ८० लाख रूपैयाँ बराबरको साधारण शेयर निश्कासन गर्न लागेको हो ।

नाडेपको शेयर प्रतिकित्ता १ सय रूपैयाँमा सर्वसाधारणले किन्न सक्नेछन् । न्यूनतम २० देखि अधिकतम २ हजार ४ सय कित्तासम्म अावेदन दिन पार्इने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले २४ लाख रूपैयाँ बराबरको २४ हजार कित्ता संस्थामा काम गर्ने कर्मचारीलार्इ र २४ हजार कित्ता सामूहिक लगानी कोष (म्यचल फण्ड) लार्इ छुट्याएको छ । बाँकी ४ लाख ३२ हजार कित्ता (३०%) शेयर भने सर्वसाधारणका लागि छुट्याएको हो । 

नाडेपले शेयर निश्कासन र विक्री प्रबन्धकको जिम्मा नबिल र्इन्भेष्टमेन्ट बैंकिङलार्इ दिएको छ । नाडेपले प्रधान कार्यालय धादिङको गजुरी, बिक्री प्रबन्धकको कार्यालय र अाश्वास सेवा दिने सवै बैंक तथा वित्तीय संस्थाबाट शेयर अावदेन गर्न पाउने व्यवस्था गरेको छ । सीडीएस अन्तर्गत मेरो शेयरका प्रयोगकर्ताले र्इन्टरनेटमार्फत घरबाटै अावदेन दिन सक्ने व्यवस्था समेत मिलार्इएको छ । 

नाडेपको चुक्ता पूँजी हाल ११ करोड २० लाख रूपैयाँ रहेको छ । ६२ वटा शाखा कार्यालयबाट सेवा दिँदै अाएको यो लघुवित्तको स्थापना २०७० माघ १५ गते गरिएको हो । अार्इपीअो बेचेपछि कम्पनीको चुक्ता पूँजी १६ करोड पुग्नेछ । 

यो लघुवित्तले चालु अार्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ४६ लाख रूपैयाँ खुद नाफा गरेको छ । यो संस्थामा नबिल बैंक, विकास अायोजना सेवा केन्द्र र लुम्बिनी फार्इनान्स एण्ड लिजिङ कम्पनी समेतको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?