विश्वकपः पेरु र डेनमार्क आमने—सामने हुदै

काठमाडौं । फिफा विश्वकप फुटबलको समूह ’सी’ को दोस्रो खेलमा डेनमार्कले पेरुको सामना गर्दैछ । 

यि दुई देशविचको खेल सारान्सकस्थित मार्डोभिया एरेनामा नेपाली समय अनुसार ९ः४५ बजे सुरु हुनेछ । सन् १९८२ पछि पेरुले पहिलो पटक विश्वकप खेल्दैछ भने सन् २०१० पछि डेनमार्कले विश्वकपमा स्थान बनाएको हो ।

पेरुले विश्वकप छनोटमा उत्कृष्ट खेल्दै रसियाको टिकट काटेको थियो । छनोटको पछिल्ला ६ खेलमा अपराजित रहदै विश्वकपमा छनोट भएको पेरुको टिममा पाओलो गुइरेरो, जेफर्सन फार्फन र इडिन्सन फ्लोरेस जस्ता प्रतिभाशाली खेलाडी छन् । डेनमार्क एकै स्तरको प्रदर्शन गर्ने टिम हो ।

छनोट प्रतियोगितामा डेनमार्कले २२ गोल गरेको  थियो । आजराती हुने खेलमा पेरु आफ्नो आक्रामक खेललाई निरन्तरता दिन चाहन्छ ।  

कप्तान पाउलो गुरेरोको प्रतिबन्ध फुकुवा भएका कारण पेरुको मनोबल पनि उच्च रहेको छ । समूह ‘सी’ मा उपविजेता रहनका लागि यो खेल महत्वपूर्ण मानिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?