शम्भू शैनी / कपिलवस्तु । कपिलवस्तुका मुस्लिमहरु एक महिनाको (रोजा) ब्रत बसी धुमधामसँग ईद मनाउँदै छन् ।
ईदकै अवसरमा कपिलवस्तु नगरपालिका १ स्थित ईदगाह र इमाम अहमद बिन हम्मल र वडा नं. ३ को देवालगढिया मस्जिदमा सामुहिक नबाज पढिएको छ ।
आफ्ना अनुयायी हतरत ईब्राहीम अलहीस सलामलाई अल्लहाले सबै भन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेसानुसार उनले आफ्नो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए । त्यसै बेला अल्लाहको अर्सिवादले छोराको ठाँउमा दुम्भ अर्थात भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा बक्राईद मनाईन्छ कुर्वानी दिइएको खसीको मासुको एक भाग गरीब, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले खाने चलन रहेको छ । यस वर्ष ईदुल अजहाका अवसरमा आफुहरुले मुलुकमा शान्ति छाओस् भन्ने कामना गरेको बताए । कपिलवस्तु जिल्लामा नै सबै भन्दा बढी मर्दशा रहेको तथ्यांकमा छ ।
देशभरका ईस्लाम धर्मावलम्वीहरुको महान पर्व ईदऊल फित्र कपिलवस्तुका मुस्लीमहरुले धूमधामको साथ मनाएका छन् ।
मुस्लिम बाहुल्याता रहको कपिलवस्तुमा आज विहान मुस्लिम समुदायले इदगाहा, करबला, मदरसाहरुमा विशेष नवाज तथा पाठ गरि घर घरमा सो पर्व मनाउदै गरेका हुन । आज खुशयाली सटासाट गरि आफन्त नातागोता तथा इष्टमित्र संग खुसी साटेर यो चाड मनाइने गरिन्छ । अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने ईद मुस्लिम समुदायले आज देखि तिन दिन सम्म मनाउने गरिन्छ ।
ईदुल फित्रको अवसरमा जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतका स्थानका मुस्लीम समुदायका महिला पुरुषहरु मस्जिद तथा ईदगाहमा जम्मा भएर ईद मिलनको खुशी साटासाट गरेका छन् ।
एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) वसी पाँचपटक नमाज पाठ गरी मनाउदैं आएका मुस्लीमहरुले शुक्रबार साझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशीयालीमा आज ईद उल फित्र मनाएका छन् । यस अवसरमा मस्जिद तथा ईदगाहमा महिला पुरुष वालवालिका सबै जम्मा भएर नवाजपाठ गरी बधाई, शुभकामना आदनप्रदान गर्दै एकआपसमा गला मिलाएर खुशीयालीसँग ईद मनाएका छन् ।
त्यस्तै कपिलबस्तु नगरपालिका १ आदर्शटोल स्थित रहको मदरसामा भेला भई महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस् नमाज पाठ गरी अल्लाहसँग दुवा मागेका थिइन् ।
उस्तै ईद उल फित्रको शुभकामना आदन प्रदान गर्न कपिलबस्तु नगरपालिकाको बस पार्क नजिक रहेको ईदगाहमा नेपाली कांग्रेस कपिलबस्तुका पूर्ब पार्टी सभापति सुधाकर पाण्डेय कपिलबस्तु क्षेत्र नं. २ का सांसद बृजेश कुमार गुप्ता, बिद्यायक धर्म बहादुर लाल श्रीवास्तव, कपिलबस्तु नगरपालिकाका प्रमुख किरन सिंह तथा उपप्रमुख लक्ष्मी कशौधन लगाउत वडाध्यक्ष राम भजन कलवारको पनि उपस्थिति रहेका थियो ।
ईस्लामीक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ती उनले खेलेको भुमीकाको प्रसंशा गर्दै यो पर्व १४३७ वर्षदेखि विश्वभरका मुस्लीमहरुले मनाउँदै आएका छन् ।
मुस्लीमहरुको विशेष परिकार सेवई का साथै राम्रो मिठो परिकारका खाना, फलफुल प्रसाद वाडीचुडी खाएका छन् । यस अवसरमा समाजका गरिब मुसलमानलाई दान पनि दिइन्छ, जसलाई फिद्रा भनिन्छ । आफ्नो परिवारको सदस्यको संख्यानुसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको छ । इस्लाम धर्मको मुख्य पाँच स्तम्भमा हज, जकात, नमाज, कुरबानी र रमजान पर्छ । पाँच स्तम्भ मध्ये एक रमजान पनि भएको विश्वास गरिएकाले धार्मिक नियम निष्ठाका साथ यो पर्व मनाउने गरिन्छ ।
बाईट…….मोल्ना अलि हसन….जमा महजिद तौलिहवा (हरियो गमछा बाधेका)
मुलुकमै सबै भन्दा बढि मुस्लिमहरुको संख्या रहेको कपिलवस्तुका मुस्लिम समुदायले आफ्नो दोश्रो ठूलो चाड (ईद उल फित्र) ईद खुशयाली साटासाट गर्दै मनाउँदै छन् । नेपालमा अमन चैन शान्तिको लागी हामी मुस्लिमहरु एक ठाउमा भैला भै प्रथना गरेको बताएका छन । हामी नेपालीहरु एक भएर नेपालको विकास गर्ने बताए ।
बाईट…..मोहम्मद रउफ खाँ……मुसलिम अगुवा, कपिलबस्तु
हाम्रो ठुलो चाड पार्बमा सरकारले कटैति गरेको बिदा पाउँन माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया