धितोपत्र बजार : १ अर्ब ७२ करोडको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम दिन धितोपत्र बजारमा एक अर्ब ७२ करोड ५ लाख ६६ हजार बराबरको शेयर कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता कूल ४८ लाख ६८ हजार ७० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

यस साताको कारोबार गत साताको भन्दा दुई दशमलव १४ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीको ४० लाख २६ हजार ८१० कित्ता शेयर एक अर्ब ६८ करोड ४५ लाख ६ हजार खरिद बिक्री भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव ६६ अंकले बढेर अन्तिम दिन एक हजार २४७ दशमलव ३० अंकमा पुगेको छ ।

यस साता कारोबार रकमका आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ९ करोड ९७ लाख ७० हजार बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि मेगा बैंक नै अग्रस्तानमा रहेको छ । सो बैंकको ४ लाख ६५ हजार कित्ता शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?