पुरूषकै नामले महिलाका निजी अंगका नामाकरण किन?

एजेन्सी: हेर्दा लाग्छ पुरूषले नै दुनियाँ बनाएको हो । समाज, स्रोतसधान, राजनीति र अर्थव्यवस्था सबै ठाउँमा पुरूषहरूको वर्चस्व छ ।

अवस्था यस्तो भयो कि महिलाका निजी अंगहरूमाथि समेत पुरूषहरूले आफ्ना हक स्थापित गर्छन् । महिलाको दिल, दिमाग र शरीरमाथि पुरूषहरूको छायाँ परेजस्तो देखिन्छ । महिलाका शरीरका हरेक अगंको नाम पुरूषहरूको नामबाट रहेको छ ।

महिलाको कम्मर वरिपरिका अंगको नामका बारेमा विचार गर्नुस त्यहाँ पुरूषहरूको नाम पाउनु हुन्छ ।

गर्भाशायका पछाडि तपाई जेम्स डगलस लुकेको पाउनु हुन्छ ।

अण्डाशयका नजिक ग्याब्रिएल फ्यालोपियन बसेको पाउनु हुन्छ ।

महिलाको योनी वा भजाइनाको बहिरी पत्रमा क्यास्पर बाथोलिन बसेको पाउनु हुन्छ ।

महिलाका यी अंगहरूको नाम पुरूषहरूकै नामबाट किन भए ?

खोज तलाश गर्दा तपाई पाउनु हुन्छ ।

गर्भाशयको पछाडि रहेको थैली हुन्छ ।

त्यसलाई पाउच अफ डगलस भनिन्छ ।

ल्याबिया अर्थात भजाइनाको बाहिरी पत्रको नाम क्यास्पर बाथोलिनको नाममा राखिएको छ ।

फ्यालोपियन टयुबको नाम ग्याब्रिएल फ्यालोपियनको नाममा राखिएको छ ।

यति मात्रै कहाँ हो र महिलाका अंगसँग त देउताहरूको नाम  टाँसिएको पाइन्छ ।

भजनाइना भित्रको झिल्लीलाई हाइमेन भनिन्छ ।

युनानका देउता हाइमेनको नाममा यसको नामाकरण गरिएको छ ।

हाइमेनका बारेमा भनिन्छ उनको मृत्यु विवाह भएको रातमा भएको थियो ।

कुरो विज्ञान को होस वा औषधिको, त्यसमा पुरूष र देउताहरूले आफ्नो नमेटिने छाप छोडेको पाइन्छ ।

हजारौं जीवहरूको नाम पुरूष वा देउताहरूको नाममा राखिएका छन् ।

साल्मोनेला ब्याक्टेरियाको नाम अमेरिकी डाक्टर डयानियल एम्लर साल्मनको नाममा राखिएको छ ।

जबकि यो ब्याक्टेरिया उनका सहायकले खोज गरेका थिए ।

महिलाको नामसँग जोडिएका नाम किन भएन भन्ने सवालको जवाफमा महिलाहरूको पहुँच त्यस क्षेत्रमा हुन दिइएन वा त्यसक्षेत्रमा महिलाहरूले वर्चस्व कायम गर्न नसकेको हो ।

अर्कोतर्फ पुरूषवादी समाजका कारण यस्तो खोजहरूको सफलता महिलालाई नदिएर पुरूषहरूलाई दिने चलनले गर्दा पनि हुन सकेको पाइन्छ ।

यो क्रम अहिलेसम्म रहेको पाइन्छ ।

हाम्रो बोलीमा हाम्रा विचारहरूको गहिरो असर हुने गर्छ ।

अस्ट्रेलियाका युनिभर्सिटी अफ एडीलेडका प्रोफेसर घिलाद जकरमान भन्छन् –शब्दको सम्बन्ध महिलासँग जोडियो भने त्यसको अर्थ कोमल, कमलोपन वा कमजोरको अर्थमा लिइन्छ ।

तर पुरूषको नामसँग जोडिएर आएको सन्दर्भलाई बलियोको अर्थमा लिने गरिन्छ ।

यस्तो परिदृश्यमा प्रश्न खडा हुन्छ – के शरीरसम्बन्धी हाम्रा विचार लैंगिक पूर्वाग्रही छ । अर्थात महिला र पुरूषबीचको अन्तर प्रभावित हुन्छ भन्ने हो ?

शब्दमा देखिन लिंगभेदको विषयमा विचार गर्दा हामी प्रायः सबै हिस्टिरिया शब्दबाट परिचित नै छौं होला ।

यो ग्रीक भाषाबाट आएको छ ।यसको मूल हिस्टिरिका हो । ग्रीक भाषामा गर्भाशयलाई हिस्टिरिका भनिन्छ ।

चिकित्सा  शास्त्रका जन्मदाता हिपोक्रेट्सले गर्भाशयको नाम राखेका थिए ।

र यसैबाट हिस्टिरिया नामको रोगको नामाकरण गरियो । शुरू शुरूमा  यसलाई महिलाको मानसिक रोगको रूपमा बुझियो ।

गर्भाशय हल्लिदा यो रोग हुने बुझाइ थियो ।

प्रारम्भिक अवस्थामा यो रोग मिस्रका मानिसहरू ईशाको १९०० वर्ष पहिले चर्चामा ल्याएका थिए ।

तर ग्रीकका मानिसहरूले गर्भाशयलाई बाटो बिराउने बानी भएकाले महिलामा हिस्टिरिया हुने गरेको तर्क दिएका थिए ।

त्यतिखेर लैंगिक पूर्वाग्रहको अवस्था यस्तो थियो कि हिस्टिरियाको उपचार महिलाको योनीलाई मसाज गरी गरिन्थ्यो ।

१९५२मा अमेरिकी मनोवैज्ञानिकले यसलाई रोगको रूपमा उल्लेख गरे ।  यी विषयले लैंिगक पूर्वाग्रहका विषयमा जानकारी दिन्छ ।

२०१४मा सुसन मोर्गनले शरीर विज्ञानको अध्ययनमा लैंगिक पूर्वाग्रह( जेन्डरबायस)को विषयमा अनुसन्धानगरे ।

उनको अध्ययनबाट यो जानकारी प्राप्त भएको हो ।

अध्ययनबाट मेडिकल साइन्सको पढाइमा प्रायः पुरूषको शरीरलाई सम्बन्धित गरी पढाइने गरिएको थाहा भयो ।

महिलाको शरीर मात्र अन्तर बुझाउन मात्र पढाउने गरिएको देखिन्छ ।

अमेरिकी प्रोफेसर लीरा बोरोडित्सकीले यसबाट अहिलेसम्मको मेडिकल साइन्सको उन्न्ततिमा मात्र पुरूष नै जिम्मेवार रहेको देखिएको बताउँछिन् ।

उनका अनुसार यो चलन फेरिनु पर्ने छ । सन् २०००देखि यसको विरोधमा शब्द फेर्ने अभियान चलेको पाइन्छ ।

स्विडनका महिलावादीहरूले हाइमेनको ठाउँमा भजनाइनल कोरोना भन्न थालेका छन् ।

यो अभियानले  कतिको प्रभाव पार्ने हुन् त्यो त समयले नै बताउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?