एजेन्सी : ताल र नदीहरूमा बस्ने केही कीराहरूमा पुनरूत्पादनको करिब करिब असिमित क्षमता हुन्छ । वैज्ञानिकहरूले त्यो कोषलाई अलग्याउन सकेका छन् जसले ती कीराहरूलाई मृत्युलाई जित्न सक्ने क्रियाकलाप गर्न सहयोग गर्छ ।
एक शताब्दी अघि नै प्लानारियन फ्ल्याटवर्म नामक कीराले टाउको र अन्य अंगको पुनर्विकास गर्न सक्ने क्षमताबारे जानकारी प्राप्त भएपनि अहिले नयाँ प्रविधिका आधारमा गरिएको अनुसन्धानबाट ती कीराहरूले यो कसरी गर्न सक्छन् त्यसबारे पता लागेको हो ।
एक कोष जसलाई एडल्ट प्लोरिपोटेन्ट स्टेम सेल्स भनिन्छ त्यसले त्यो समग्र कीरालाई पुननिर्माण गर्न सक्छ ।
स्टोवर्स इन्स्टिच्युट फर मेडिकल रिसर्चका अगुवा वैज्ञानिक डा. अलेजान्ड्रो स्इान्जेज अल्भराडोले भने “ हाम्रो अध्ययन एक कोषले कसरी जनावरको सम्रग शरीर कसरी तयार गर्न सक्छ त्यो दर्शाएको छ । ” अध्ययन टोलीका सदस्यहरूका अनुसार स्टेम सेल र पुनर्जीवनीय औषधिका बारेमा यसबाट अध्ययन गर्न सकिने छ ।
हरेक बहुकषीय जीवको जीवन एक कोषबाट शुरू हुन्छ ।
विकासको प्रारम्भिक चरणमा यो कोष कोषहरूको ठूलो डल्लोबाट अलग भएको हुन्छ र यी हरेक सेल प्लुरिपोटेन्ट हो ।
यो भनेको शरीमा कुनै सेल बन्न सक्ने क्षमता यो सेलमा हुन्छ ।
पछि गएर भ्रुणमा विकसित हुन्छ र झन पछि यी प्लुरिपोटेन्ट सेलहरू सेलहरूबाट विस्थापित हुँदै जान्छ ।
अझ भन्दा छाला वा मांशपेशीबाट यी सेलहरू विस्थापित हुन पुग्छन् ।
हामी मानिसहरूको जीवनको चरणमा सेलहरूमा असिमित सम्भावना हुन्छन् र लामो समयमा हामी जन्मिन्छौं ।
फ्ल्याटवर्महरूले यो योग्यतालाई कहिले गुमाउँदैनन् । प्लानारियानहरूले एडल्ट प्लुरिपोटेन्ट स्टेम सेल्स वा नियोब्लास्ट निरन्तर प्राप्त गरिहन्छ ।
यो सेलसँग पुनरूत्थान वा पुनर्जीवनको क्षमता हुन्छ ।
यो सेल पता लागेपछि यसअघि सम्भव नभएका धेरै प्रयोगहरूको ढोका खोलिएका छन् । स्टेम सेल मेडिकल समुदायकालागि धेरै उत्साही विषय रही आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया