काठमाडाैं : अार्थिक बर्ष २०७२/७३ को बजेटमा नागरिक लगानी कोषलार्इ 'मार्केट मेकर' बनाउने घोषणा गरेको सरकारले दुर्इ बर्षपछि प्रणााली तयार गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबारको अनलार्इन प्रणालीमा मार्केट मेकरले काम गर्न सक्ने प्रणाली विकास गरिरहेको जनाएको छ । अागामी अार्थिक बर्षदेखि नै नेपालको पूँजीबजार (शेयर मार्केट) मा यस्तो मार्केट मेकरले काम गर्नेछ ।
शेयर मार्केटको नियामक नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलार्इ मार्केट मेकरको स्वीकृति दिनासाथ स्वत : यसले अनलार्इन प्रणालीमा कारोबारलार्इ नयाँ प्रणालीलार्इ लैजानेछ । हाल मार्केट मेकरको पहिलो चरणको काम सकिएको र नेप्सेले अावश्यक निर्णय गरेपनि मार्केट मेकर एप्लार्इ हुनेछ ।
सामान्यतया : धितो र अन्य सम्पतिको वितरक नै मार्केट मेकर हो, जसले निश्चित मूल्यमा सदैव खरिद र विक्रीको स्वामित्व लिन सक्छ । मार्केट मेकरको व्यवस्था हुँदा नेपालको अस्थिर पूँजी बजारलार्इ दिगो व्यवस्थापन गर्न र कारोबारलार्इ प्रभावकारी बनाउन मद्दत पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया