एजेन्सी:विवाहको कार्डमा दुल्हा दुल्हीको नाम उल्लेख हुने चलन सामान्य छ । तर पाकिस्तानमा दुल्हीको नामको ठाउँमा दुल्हीका पिताको नाम मात्र हुने गरेको चलन छ ।
पाकिस्तानीहरूको विवाहको कार्डमा “विवाहको समारोहमा हामी तपाईलाई हार्दिक स्वागत गर्दछौं ।
तपाईको आगमनले हामी धेरै खुशी हुनेछौं । हामी तपाईका आभारी हुनेछौं ।”
कार्डको माथि दुल्हाको नाम लेखिएको हुन्छ । त्यसपछि उनका पिताका नाम लेखिएको हुन्छ । त्यसपछि दुल्हीकोि नाम लेखिने ठाउँमा फलनाको छोरी भनि लेखिएको हुन्छ ।
यो कार्डबाट फलानाको कुन छोरी हो वा केटीको नाम केही हो भन्ने थाहा पाउन सकिँदैन् ।
यस्तो कार्डधारी एक जनासँग सोध्दा यो उनीहरूको संस्कृति भएको जवाफ पाइयो ।
ती व्यक्तिका अनुसार उनीहरूको समाजमा दुल्हीको नाम कसैले जानोस त्यो राम्रो नमानिने गरिएकाले यसो गरिन्छ ।
पाकिस्तानको पेशावरमा प्रिन्टिंग प्रेस चलाएर व्यवसाय गर्ने जावेद खानले पनि यस्तो जानकारी दिए । खानले भने “आफू कहाँ छापिन आउने ८० प्रतिशत विवाहको कार्डमा दल्हीको नाम हुँदैन् ।”
उनका अनुसार २० प्रतिशत कार्ड अंग्रेजीमा हुने गर्छन् । यस्ता कार्डमा दुल्हीको नाम उल्लेख गर्न भनिएको हुन्छ । उनीहरूलाई पढालिखा आधुनिक परिवार मानिन्छ ।
पेशावरकी महिला अधिकारकर्मी लिली शाह नवाजले महिलाको नामबाट परिवारको पहिचान भए घरको इज्जत कम हुने मानसिकता रहेको बताइनु ।
मानसिकता फेर्न पुरूषहरूको समर्थन सहयोगको आवश्यकता छ । उनले भनिन् “ समाज बदल्नका लागि महिलाहरूसँगै पुरूषहरू पनि अगाडि आउनुपर्ने आवश्यकता छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया