बलियो प्रतिद्धन्दी मेक्सिकोविरुद्ध जर्मनी मैदानमा उत्रदै

काठमाडौं। फिफा विश्वकप फुटबलको समूह ‘ई’ को पहिलो खेलमा आज साविक विजेता जर्मनीले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ ।

यि दुई टिमविचको खेल  मस्कोस्थित लुज्निकी रंगशालामा नेपाली समयअनुसार आजरातिको ८.४५ बजे सुरु हुनेछ । जर्मनी टिममा यस पटक सन् २०१४ को विश्वकप जितेका अनुभवी खेलाडीहरु टिममा छैनन् । गत संस्करणको विश्वकपको फाइनलमा अर्जेन्टिना विरुद्ध निर्णायक गोल गरेका मारियो गोटेज टिममा अटाउन सकेनन् ।

जर्मन टिममा दुई वटा कुरा मात्र परिवर्तित छन् ति हुन प्रशिक्षक जोमिच लो र टिमको सफलता । विश्वकप छनोटमा जर्मनीले खेलेको उत्कृष्ट सवै १० खेल जित्दै ४३ गोल गरेको थियो भने ४ गोल मात्र खायो । जर्मनीले एक वर्षअघि रसियामा नै सम्पन्न फिफा कन्फेडेरेसन कप पनि जितेको थियो ।

त्यसलै प्रशिक्षक लोसँगको सम्झौता २०२० सम्मको लागि बढाइएको थियो । यता सन् २०१५ मा मेक्सिकोको प्रशिक्षकमा नियुक्त भएका जुवान कोर्लोस असोरियोले टिममा व्यापक सुधार गरेका छन् । विश्वकप छनोटमा मेक्सिकोको प्रदर्शन भने उत्कृष्ट रह्यो । मेक्सिकोले १६ मध्ये १ खेलमा मात्र हार व्यहोर्दै विश्वकपको यात्रा तय गरेको थियो ।

जर्मनीका लागि मेक्सिको समूह चरणको सबैभन्दा बलियो प्रतिद्धन्द्धी हो । त्यसैले आजको खेलमा जित हात पार्ने नयाँ रणनितीका साथ जर्मनी मैदानमा उत्रदैछ । पछिल्लो पटक मेक्सिको विरुद्धको खेलमा जर्मनी ४–१ ले विजयी भएको थियो । 

प्लेयर टु वाच 

जाभियर हर्नान्डेज, मेक्सिको 

मारियो गोमेज, जर्मनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?