भकुण्डेबेंसीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा समुदघाटन

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका वाड न. ७ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय भकुण्डेबेंसीको एक समारोहका बीच समुदघाटन सम्पन्न भएको छ । उक्त शाखाको अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले एक समारोहका बीच समुद्घाटन गरे ।

सो समारोहमा प्रमुख अतिथि डा. खनालले बैंकले आफ्ना सेवाहरु जनताको घरदैलोसम्म पुर्याउन सकेमात्र प्रतिस्पर्धामा उत्रन सक्ने बताए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठले रावा बैंकले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गरिने बताए । सो समारोहमा नायब महाप्रवन्धक  श्री उद्धबप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 

बैंकको काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्र दाहालको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बैंक संचालक समितिका सदस्य श्री अर्जुनबहादुर कार्की, नमोबुद्ध नगरपालिकाका अध्यक्ष श्री टीपी शर्मा, स्थानीय समाजसेवी श्री बासुनारायण श्रेष्ठ, श्री कृष्ण खनाल, श्री भैरब खनाल एवं अन्य उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

सो अवसरमा शाखाको समुदघाटन गर्नुपूर्व बैंकले भकुण्डेबेंसी बजार क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्याक्रमको आयोजना गरेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैयमास सम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब कर्जा लगानी गरि ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?